Siraha Times
ताजा समाचार

अर्नमा गाउँपालिकामा १० करोडभन्दा बढी लागतमा कालोपत्रे सडक निर्माणको सिलान्यास सम्मपन्न

  • वैशाख ३१, २०८३
  • ६३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान वैशाख ३१। सिरहाको अर्नमा गाउँपालिका ले ग्रामीण सडक पूर्वाधार सुदृढीकरण अन्तर्गत बहुप्रतिक्षित कालोपत्रे सडक निर्माण कार्य सुरु गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको आयोजना सूचना पाटीअनुसार प्रशासनिक भवनदेखि गोतहा हुँदै कृष्णपुर माध्यमिक विद्यालय, वडा नम्बर ५ को कार्यालय तथा मुलकी सदा टोलसम्म कालोपत्रे सडक निर्माण गरिने भएको हो।

गाउँपालिकाका अनुसार “अर्नमा गाउँपालिकाको प्रशासनिक भवनदेखि गोतहा हुँदै कृष्णपुर मा.वि., वडा नं. ५ कार्यालय हुँदै मुलकी सदा सम्म कालोपत्रे” शीर्षकको यो योजना आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालनमा ल्याइएको हो। योजना सम्पन्न भएपछि स्थानीयवासीलाई सहज आवागमन, शैक्षिक पहुँच तथा बजारसँगको सम्पर्क विस्तारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

यस निर्माण कार्यको जिम्मा Worldwide-Indreni JV ले पाएको छ। ठेक्का नम्बर ०२/WORKS/ARNAMA/NCB/082-83 अन्तर्गत सञ्चालन हुने उक्त योजनाको सम्झौता मिति २०८३ साल वैशाख १६ गते तय गरिएको गाउँपालिकाले जनाएको छ। सम्झौताअनुसार निर्माण कम्पनीले सम्झौता भएको मितिबाट दुई वर्षभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्नेछ।

गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार योजनाको कुल सम्झौता रकम १० करोड २५ लाख ३७ हजार २ सय ८६ रुपैयाँ ९२ पैसा रहेको छ। उक्त रकममा मूल्य अभिवृद्धि कर (VAT) तथा प्रोभिजनल सम (PS) समेत समावेश गरिएको छ।

स्थानीयवासीले लामो समयदेखि उक्त सडक कालोपत्रे हुनुपर्ने माग गर्दै आएका थिए। वर्षायाममा हिलो तथा गर्मी मौसममा धुलोका कारण आवतजावतमा समस्या हुँदै आएको थियो। सडक निर्माणपछि गाउँपालिकाको प्रशासनिक केन्द्र, विद्यालय, वडा कार्यालय तथा विभिन्न बस्तीबीचको दूरी छोटिने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

गाउँपालिकाका जनप्रतिनिधिहरूले यो योजना केवल सडक निर्माणमा सीमित नभई समग्र ग्रामीण विकाससँग जोडिएको बताएका छन्। सडक विस्तारपछि कृषि उत्पादन ढुवानी, विद्यार्थीको विद्यालय पहुँच, स्वास्थ्य सेवामा पहुँच तथा स्थानीय व्यापार–व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहले विकास निर्माणका ठूला आयोजनालाई प्राथमिकतामा राख्दै काम अघि बढाइरहेको अवस्थामा अर्नमा गाउँपालिकाको यो योजना सिरहाकै महत्वपूर्ण पूर्वाधार योजनामध्ये एकका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१