Siraha Times
ताजा समाचार

लाहानमा चोरको बिगबिगी: दिउँसै पत्रकार सञ्जु दासको घरमा लाखौँका गरगहना चोरी

  • वैशाख २३, २०८३
  • ३८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, वैशाख २३ । सिरहाको लहान नगरपालिका क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू तीव्र रूपमा बढिरहेका बेला हिजो दिउँसै एक घरमा ठूलो चोरी भएको घटना सार्वजनिक भएको छ। लहान नगरपालिका–३ रघुनाथपुरस्थित पत्रकार सञ्जु कुमारी दासको घरमा अज्ञात समूहले ताल्चा फुटाएर लाखौँ मूल्य बराबरका गरगहना चोरी गरेको हो।

स्थानीय शिक्षक पञ्ची दास हिजो बिहान घरमा ताल्चा लगाएर विद्यालय गएका थिए भने उनकी पत्नी सञ्जु कुमारी दास छोराको भर्नाका लागि विराटनगर गएकी थिइन्। यही मौका छोपेर चोरहरूले दिउँसै घरको मूल ढोकाको ताल्चा फुटाई घरभित्र प्रवेश गरी चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

साँझ करिब ५:४५ बजे विराटनगरबाट फर्किएकी सञ्जुले घरको ढोकाको ताल्चा फुटेको अवस्थामा भेटेपछि घटना सार्वजनिक भएको हो। त्यसपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। पीडित परिवारका अनुसार चोरले घरभित्र रहेका बहुमूल्य सुनचाँदीका गरगहना तथा नयाँ कपडासमेत लगेका छन्।

सुनका गहना: झुम्का, टीका, मंगलसूत्र, २ थान औँठी, ४ थान नाकको फुली, हनुमानी र नथिया चाँदीका गहना: करिब ३० भरको हसुली, १० भरको पाजेब, २ जोर बलिया र ३ जोर बिछिया यी सबैको मूल्य लाखौँ रुपैयाँ बराबर रहेको पीडित पक्षले जनाएको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ। प्रहरीले फरेन्सिक जाँचसहित सूक्ष्म अनुसन्धान अघि बढाइसकेको जनाएको छ।

संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारिएको प्रहरी पत्रकार दासले बताए। स्थानीय बासिन्दाका अनुसार केही दिनअघि मात्र सोही वडा क्षेत्रमा अजय यादवको घरमा पनि यस्तै प्रकारको चोरी भएको थियो। दिनदहाडै हुने यस्ता घटनाले सर्वसाधारणमा त्रास बढाएको छ। स्थानीयहरूले लागुऔषध दुव्र्यसनमा फसेका केही युवाहरूले पैसाको अभावका कारण यस्ता आपराधिक गतिविधि बढाएको हुनसक्ने अनुमान गरेका छन्।

लगातार भइरहेका चोरीका घटनाले लहान क्षेत्रमा सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासीहरूले प्रहरी प्रशासनलाई नियमित गस्ती बढाउन, शंकास्पद गतिविधिमाथि निगरानी गर्न र दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१