Siraha Times
ताजा समाचार

स्थानीय तहमा सहभागितामूलक बाल सहभागिता सफलता घोषणा कार्यक्रम सम्पन्न ।

  • वैशाख १४, २०८३
  • ६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आयोजित सहभागितामूलक बाल सहभागिता सफलता घोषणा कार्यक्रम भव्य रूपमा सुरुङ्गा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, जनप्रतिनिधि, बाल अधिकारकर्मी तथा बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख रिंकु कुमारी यादवले गर्नुभएको थियो ।

प्रमुख अतिथिका रूपमा सुरुङ्गा नगरपालिकाको उपप्रमुख रुद्र बहादुर कार्कीको उपस्थिति रहेको थियो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा ४ न वडा को वडा अध्यक्ष देबेन्द्र चौधरी ,३ न. वडाको वडा अध्यक्ष किरण पोखरेल,सम्बन्धित वडाका बाल बालिकाहरु , सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना संयोजक मकर बहादुर सार्की सहभागी हुनुभएको थियो।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी मुना सफल, सबल नेपालका चन्दन चौधरी, फिल्ड संयोजक अशोक कुमार साह तथा नगर बाल क्लब सञ्जालका पदाधिकारी एवं शाखा प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। उक्त अवसरमा वक्ताहरूले स्थानीय तहको बालबालिकाको सहभागिता अपरिहार्य रहेको बताए। बालमैत्री स्थानीय शासनको सफल कार्यान्वयनका लागि बालबालिकाको आवाजलाई नीति तथा कार्यक्रममा समेट्न आवश्यक रहेको उनीहरूको जोड थियो।

प्रमुख अतिथि उपप्रमुख रुद्र बहादुर कार्कीले बालबालिकाको अधिकार संरक्षण, क्षमता विकास र नेतृत्व अभिवृद्धिका लागि स्थानीय तह सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बालबालिकालाई समाज परिवर्तनका संवाहकका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

विशिष्ट अतिथि मकर बहादुर सार्कीले बाल सहभागितालाई संस्थागत गर्दै स्थानीय सरकारलाई अझ जिम्मेवार, उत्तरदायी र बालमैत्री बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याईउने धारणा राख्नुभयो। कार्यक्रममा नगर बाल क्लब सञ्जालका प्रतिनिधिहरूले आफ्ना अनुभव, सिकाइ र स्थानीय तहसँगको सहकार्यका उपलब्धिहरू प्रस्तुत गरेका थिए।

बालबालिकाको सक्रिय सहभागिताले समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याएको उनीहरूले बताएका थिए। कार्यक्रमको समापनमा स्थानीय तहमा बाल सहभागितालाई थप प्रभावकारी, समावेशी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दै सहभागितामूलक बाल सहभागिता सफलता घोषणा गरिएको थियो। सहभागीहरूले बालमैत्री समाज निर्माणका लागि संयुक्त रूपमा अगाडि बढ्ने संकल्प व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

प्रादेशिक अस्पताल लह ...

सिरहाटाइम्स लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१