Siraha Times
ताजा समाचार

टुटेको झोपडीमा बाँच्न बाध्य पुनीदेवी पण्डितको पीडा: “सरकार कहाँ छ?”

  • वैशाख ४, २०८३
  • ३२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, सिरहा ४ वैशाख। सिरहाको भगवानपुर गाउँपालिका–१, भगवानपुरस्थित पूर्व–पश्चिम हुलाकी सडक नजिकै र चौधरी पोखरीको छेउमा पराल र बाँसले बनेको एउटा सानो झोपडीमा बस्दै आएकी मुनीदेवी पण्डितको पीडादायी जीवनकथा सार्वजनिक भएको छ। अत्यन्तै दयनीय अवस्थामा जीवन गुजारिरहेकी उनको अवस्था अहिले चिन्ताजनक र गम्भीर बनेको स्थानीयले बताएका छन्। पुनीदेवीका दुई छोरी र दुई छोरा छन्। तीन वर्षअघि भएको एक दर्दनाक घटनाले उनको परिवार नै तहसनहस बनाएको थियो।

उनका जेठा छोराको मानसिक अवस्था ठीक नभएका कारण आफ्नै बुबा रामनाथ पण्डितमाथि कोदालो र बन्चरो प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको थियो। उक्त घटनापछि परिवारको सम्पूर्ण जिम्मेवारी पुनीदेवीकै काँधमा आएको छ। हाल उनी मागेर तथा ज्याला मजदुरी गरेर छोराछोरी पाल्न बाध्य छिन्। उनीसँग न त खेतीयोग्य जमिन छ, न त सुरक्षित बसोबासको व्यवस्था। वर्षेनी परालले छोपेर टालटुल गर्दै आएको उनको घर झन् जोखिमपूर्ण बन्दै गएको छ। “मेरो अवस्था निकै कहालीलाग्दो छ, बुढेसकालमा सहारा कोही छैन,” भन्दै उनले आँशु झार्दै आफ्नो पीडा सुनाइन्।

उनले देशमा तीन तहको सरकार बने पनि आफूजस्ता गरिब नागरिकका लागि कुनै पनि सरकार नजिक नभएको गुनासो गरिन्। “यत्रो परिवर्तन भयो, तर हाम्रो जस्तो दुःखीको लागि सरकार कहाँ छ? मैले आजसम्म देखेको छैन,” भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरिन्। आफ्नो जीर्ण घर मर्मतका लागि टिन र जस्ता खरिद गर्न सहयोगको अपिल गर्दै उनले देश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्न आग्रह गरेकी छन्।

सहयोग गर्न इच्छुकहरूले NIC ASIA बैंक, भगवानपुर शाखामा रहेको पुनीदेवी पण्डितको खाता नम्बर १४२५७५२४२६४३४००२ मा रकम पठाउन सक्ने जनाइएको छ। यसैबीच, स्थानीयवासी तथा भगवानपुर गाउँपालिकाका युवाहरूले पीडित महिलाको तत्काल उद्धार तथा सहयोगका लागि स्थानीय सरकारसँग पहल गर्न माग गरेका छन्। सहयोगीहरूले पठाएको रकमको विवरण (भौचर, परिचयपत्र र फोटो) उपलब्ध गराउन पनि आग्रह गरिएको छ। पीडामा जीवन बिताइरहेकी मुनीदेवी पण्डितको यो कथा केवल एक व्यक्तिको मात्र नभई राज्यको पहुँच बाट टाढा रहेका हजारौं विपन्न नागरिकको यथार्थ चित्रण भएको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१