Siraha Times
ताजा समाचार

लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग

  • चैत २८, २०८२
  • २९९ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान,२८ चैत्र । सिरहाको लहान नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार कार्यक्रमअन्तर्गत मोतिबिन्दु (क्याटार्याक्ट) का बिरामीहरूलाई उपचारपछि विशेष सहयोग प्रदान गरिएको छ। नगर प्रमुख महेश चौधरी र वडा नम्बर १३ का अध्यक्ष मनोज कोइरालाले अस्पतालमै पुगेर अप्रेसन गराएका बिरामीहरूलाई भेट गर्दै जुस वितरण गरी घर पठाएका हुन्।

नगरपालिकाले बिरामीहरूलाई सहज रूपमा घरसम्म पुर्‍याउन नगर बसको व्यवस्था समेत गरेको थियो, जसले सेवाग्राहीहरूलाई थप राहत दिएको स्थानीयहरूले बताएका छन्। वडा नम्बर १३ मा लहान नगरपालिकाको आर्थिक सहयोग तथा सगरमाथा चौधरी आँखा अस्पताल को प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा २२० जनाले आँखा परीक्षण गराएका थिए। तीमध्ये ६१ जनामा मोतिबिन्दुको समस्या देखिएको थियो।

पहिलो चरणमा ५० जना बिरामीको सफलतापूर्वक अप्रेसन गरिएको छ भने बाँकी बिरामीहरूको पनि छिट्टै अप्रेसन गरिने अस्पतालले जनाएको छ। मेयर महेश चौधरी निर्वाचित भएपछि सुरु गरिएको यस कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। अस्पतालका अनुसार हालसम्म २,४०० भन्दा बढी मोतिबिन्दुको अप्रेसन र ८,००० भन्दा बढी बिरामीको आँखा परीक्षण भइसकेको छ। नगर प्रमुख चौधरीले यस कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा नगरका अन्य वडाहरूमा समेत यस्ता शिविर विस्तार गर्ने योजना रहेको जानकारी दिएका छन्।

उनले स्वास्थ्य सेवा जनताको पहुँचमा पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन्। स्थानीयवासीहरूले निःशुल्क उपचार र नगरपालिका बाट गरिएको व्यवस्थापन प्रति खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले विपन्न तथा ज्येष्ठ नागरिकलाई ठूलो राहत पुगेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१