Siraha Times
ताजा समाचार

लहानमा कुपोषण व्यवस्थापन तालिम सम्पन्न: स्वास्थ्य सेवा सुदृढीकरणसँगै कुपोषणकाे स्क्रिनिङ अभियानलाई गति

  • चैत २६, २०८२
  • ६३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने उद्देश्यले तीन दिने नगरस्तरीय तालिम सम्पन्न भएको छ। दलित विकास मञ्च (DDF) गोलबजार सिरहाको आयोजना, लहान नगरपालिकाको समन्वय तथा हेलन केलर इन्टरनेशनलको आर्थिक सहयोगमा “शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन (परिमार्जित २०८१)” सम्बन्धी तालिम चैत्र २३ देखि २५ गतेसम्म सञ्चालन गरिएको हो।

तालिममा लहान नगरपालिकाभित्रका स्वास्थ्य चौकी प्रमुख तथा पोषण फोकल पर्सन गरी २८ जनाको सक्रिय सहभागिता रहेको थियो। स्वास्थ्य शाखाका बिन्देश्वर चौधरी र विजय मण्डलले सहजिकरण गर्दै कुपोषण पहिचान, उपचार तथा व्यवस्थापनका व्यावहारिक विधिबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा हेलन केलर इन्टरनेशनलका प्रतिनिधि अमितराज साह तथा दलित विकास मञ्च सिरहाका “जीवनका लागि पोषण” कार्यक्रमका संयोजक खगेन्द्र विष्टको पनि सहभागिता रहेको थियो।

आयोजक संस्थाका कायर्कारि निर्देशक स‌‌‍जय महराका अनुसार तालिमले विशेष गरी दलित, विपन्न तथा असहाय समुदायका बालबालिका र महिलामा देखिने कुपोषण समस्याको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजकले नगरभित्र रहेका महिलामा समस्या भएका महिलाहरूलाई समेत यस कार्यक्रम मार्फत ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। यससँगै लहान नगरपालिकाले सुरु गरेको घरदैलोमै पाेष०ा समबनधि स्क्रिनिङ अभियानलाई थप प्रभावकारी बनाउन दक्ष जनशक्ति तयार पार्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको जनाइएको छ। लहान नगरपालिकाका मेयर महेश चौधरीले आफ्नो चुनावी प्रतिबद्धता अनुरूप शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू अगाडि बढाइरहेको बताएका छन्।

उनले कुपाेष०ाको जोखिमलाइ न्यूनीकरणका लागि नगरबासीलाई लक्षित गरी घरघरमै पुगेरकुपाेष०ाकाे स्क्रिनिङ सेवा सुरु गरिएको जानकारी दिए। “स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्‍याउनु हाम्रो दायित्व हो, यसका लागि आवश्यक जनशक्ति र सीप विकासमा नगर निरन्तर लागिरहेको छ,” मेयर चौधरीले भने।

नगरपालिकाले पोषण कार्यक्रमअन्तर्गत अतिविपन्न, गरिब, दलित तथा असहाय वर्गलाई समयसापेक्ष राहत उपलब्ध गराउँदै आएको पनि जनाएको छ। यस किसिमका तालिम तथा कार्यक्रमहरूले स्थानीय स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१