Siraha Times
ताजा समाचार

लहानमा ट्राफिक प्रहरीको जनचेतनामूलक रोड–शो: हाँस्दै–खेल्दै नियम सिकाउँदै दुर्घटना न्यूनीकरण अभियान

  • चैत २३, २०८२
  • ४११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक शालिकराम तिमिल्सिना को नेतृत्वमा लहान–ठाडी सडक खण्ड अन्तर्गत भगवानपुर चौकमा नागरिकको मन जित्ने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। रोड–शो शैलीमा प्रस्तुत गरिएको उक्त कार्यक्रममा दुई पांग्रे देखि चार पांग्रे सवारी चालकहरूलाई दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना तथा सडक सुरक्षासम्बन्धी जानकारी प्रभावकारी ढंगले प्रदान गरिएको थियो।

निरीक्षक तिमिल्सिनाले हाँस्दै–खेल्दै सन्देश प्रवाह गर्ने शैली अपनाउँदा उपस्थित सर्वसाधारण र सवारी चालकहरू निकै प्रभावित भएका थिए। कार्यक्रमकै क्रममा मापसे (मद्यपान गरी सवारी चलाउने) तथा लागूऔषध सेवन गरेका चालकहरूको पहिचान समेत गरिएको थियो, जसमा केही तीन पांग्रे सवारी चालकहरू परेका ट्राफिक प्रहरीले जनाएको छ। निरीक्षक तिमिल्सिनाको प्रस्तुतीले स्थानीय बासिन्दा निकै उत्साहित बनेका छन्।

उनीहरूले यस्तो कार्यक्रम हप्तामा कम्तीमा दुई पटक नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्। पछिल्लो समय हुलाकी सडक क्षेत्रमा सवारी दुर्घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै निरीक्षक तिमिल्सिनाले सवारी साधन प्रयोग गर्दा चालकको पहिचान सुनिश्चित गर्न र नियमको पालना गर्न सबैलाई आग्रह गरेका छन्। साथै दुर्घटना नियन्त्रण र लागूऔषध विरुद्धको अभियानमा ट्राफिक प्रहरी २४ सै घण्टा तयारी अवस्थामा रहेको उनले बताए। निरीक्षक शालिकराम तिमिल्सिना सिरहा आएपछि ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आएको स्थानीयको भनाइ छ।

उनी सबैसँग मिलनसार व्यवहार गर्ने, समस्यालाई सहज ढंगले समाधान गर्ने र विद्यालय, कलेज तथा अस्पतालसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने शैलीका कारण लोकप्रिय बन्दै गएका छन्। आफ्ना मातहतका कर्मचारीहरूसँग सम्मानजनक व्यवहार गर्ने उनको नेतृत्व शैलीलाई समेत प्रशंसा गरिएको छ। सञ्चारकर्मीसँगको छोटो कुराकानीमा निरीक्षक तिमिल्सिनाले जनशक्तिको अभावका कारण अपेक्षाअनुसार सेवा दिन नसकिएकोमा दुःख व्यक्त गरे।

तर त्यसभन्दा बढी किशोर–युवाहरू दुर्व्यसनमा फसेर दुःख पाइरहेको अवस्थाले आफूलाई झन चिन्तित बनाएको बताए। उनले विदेशी रेमिट्यान्सको दुरुपयोग भइरहेको उल्लेख गर्दै अभिभावकलाई आफ्ना सन्तानलाई अनावश्यक रूपमा महँगा मोटरसाइकल तथा अत्यधिक खर्च उपलब्ध गराएर गलत दिशामा नलैजान आग्रह गरेका छन्।

लहान क्षेत्रमा ट्राफिक प्रहरीद्वारा सञ्चालन गरिएको यस्तो जनचेतनामूलक कार्यक्रमले सवारी चालक तथा आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेको छ। दुर्घटना न्यूनीकरण र सुरक्षित सडक संस्कार निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता स्थानीयले औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१