Siraha Times
ताजा समाचार

बलान विहुलमा पोषण तथा खाद्य सुरक्षा समीक्षा बैठक: ‘पोषणमैत्री शासन’ र कृषि सुदृढीकरणमा जोड

  • चैत २१, २०८२
  • २६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २१ चैत्र । सप्तरीको बलान विहुल गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना (MSNP) तथा पोषणमैत्री स्थानीय शासन (NFLG) कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति सँग समीक्षा बैठक सम्पन्न भएको छ।

केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघको आयोजनामा “सशक्त, समृद्ध, सम्मानित किसान: सवल महासंघ” भन्ने मूल नारासहित आयोजित कार्यक्रम बलान विहुल गाउँपालिका–१ स्थित कृषि तथा पशुपन्छी सेवा केन्द्रको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ मधेश प्रदेशका सचिव जामुन प्रसाद यादव, पालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, जनप्रतिनिधिहरू लगायत सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा परियोजना संयोजक सावन कुमार यादवले बहुक्षेत्रीय पोषण योजना–तेस्रो (आ.व. २०८०/०८१–२०८७/०८८) को उद्देश्य, लक्ष्य तथा कार्यान्वयन अवस्था बारे विस्तृत प्रस्तुति दिएका थिए भने बैठकको अध्यक्षता खेम चन्द्र यादवले गरेका थिए।

बैठकको मुख्य उद्देश्य पोषणमैत्री स्थानीय शासन बारे जानकारी गराउनु, पालिकामा सञ्चालन भएका पोषण लेखाजोखा कार्यक्रमको उपलब्धि समीक्षा गर्नु, पोषण निर्देशन समितिको कार्ययोजना तय गर्नु तथा पोषण सुधारका लागि स्थानीय तहको सहकार्य र प्रतिबद्धता सुनिश्चित गर्नु रहेको थियो।

प्रस्तुतिमा नेपाल सरकारको राष्ट्रिय पोषण सुधार कार्यक्रमअन्तर्गत स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी तथा सरसफाइ क्षेत्र बीच समन्वय गर्दै कुपोषण न्यूनीकरण गर्ने लक्ष्य लिइएको जानकारी दिइयो। हाल बालबालिकामा कुपोषण, ख्याउटेपन, कम तौल तथा रक्तअल्पता अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्दै सन् २०२५ देखि २०३० सम्म ती सूचकहरू घटाउने लक्ष्य रहेको बताइयो।

बैठकमा पोषणमैत्री स्थानीय शासनको अवधारणामा विशेष जोड दिँदै स्थानीय तहले योजना निर्माण, बजेट विनियोजन, कार्यक्रम कार्यान्वयन तथा अनुगमन मार्फत पोषणलाई प्राथमिकतामा राख्नु पर्नेमा सहभागीहरूले जोड दिएका थिए। साथै, पोषण लेखाजोखाले देखाएका मध्यम तथा गम्भीर कुपोषणका अवस्थालाई न्यूनीकरण गर्न लक्षित कार्यक्रम आवश्यक रहेको औंल्याइएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्षले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय उत्पादन वृद्धि र पोषण सुधार बीचको सम्बन्धलाई जोड दिएका छन्। उनले कृषि क्षेत्रलाई सुदृढ गर्दै आत्मनिर्भरता हासिल गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै “कृषि र पोषण सँगसँगै अगाडि बढे मात्र समृद्ध समाज निर्माण सम्भव हुन्छ” भन्ने धारणा व्यक्त गरे।

सहभागी सरोकारवालाहरूले पोषणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन थप बजेट, जनचेतना अभिवृद्धि र अन्तरनिकाय समन्वय आवश्यक रहेको बताएका छन्। वडास्तरसम्म कार्यक्रम विस्तार गरी समुदायमै पहुँच पुर्‍याउनुपर्ने सुझावसमेत दिइएको थियो।

कार्यक्रमले स्थानीय तहमा पोषण सुधार, कृषि सुदृढीकरण तथा खाद्य सुरक्षा प्रवर्द्धनका लागि स्पष्ट कार्यदिशा तय गर्नुका साथै सरोकारवालाबीच सहकार्य मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहामा दलित संस्थाल ...

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्ध ...

संरक्षणसँगै समृद्धि ...

रहमुल, लहान, १५ जेठ । सिरहाको लहान नगरपालिका–१५ स्थित हातीदह क्षेत्रसँग जोडिएको कोइरालोखोला नम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१