शुद्धोधन गाउँपालिकामा 'सुरक्षित एवं सहयोगी वातावरण' परियोजना अन्तर्गत स्थानीय युवा परिषद गठन

  • चैत १८, २०८२
  • ३३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु,चैत १८ । ​कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा युवतीहरूका लागि सुरक्षित र सहयोगी वातावरण सिर्जना गर्ने उद्देश्यका साथ स्थानीय स्तरको युवा परिषद गठन गरिएको छ। कोइका (KOICA) र युएनएफपिए (UNFPA) को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल (Plan International) को प्राविधिक सहयोगमा सञ्चालित 'सेफ गर्ल्स' (SAFE GIRLS) परियोजना अन्तर्गत यो परिषद गठन गरिएको हो। ​मानव अधिकार सचेतन केन्द्र (HURAC Nepal) द्वारा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका युवा प्रतिनिधि, शिक्षक, जनप्रतिनिधि र कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमले शुद्धोधन गाउँपालिका का उपाध्यक्ष होम प्रकाश चौधरीको अध्यक्षतामा स्थानीय युवा परिषद गठन गरेको छ। परिषदमा क्षेत्रगत र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै १५ जना युवाहरूलाई जिम्मेवारी दिइएको छ। ​कार्यक्रममा उपस्थित शिक्षकहरू इन्द्रदीप शर्मा गौतम, उमा कुमारी थारु, सुनिता अर्याल र धनमाया थापाले विद्यालय स्तरबाटै युवतीहरूको सुरक्षा र सशक्तीकरणमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो। यस्तै, गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोष कुमार श्रीवास्तव र कृषि शाखा संयोजक राजेश कुमार चौधरीले पालिकाको नीति तथा कार्यक्रममा युवा र बालबालिकाका सवाललाई प्राथमिकता दिइने बताउनुभयो।

हुरेक नेपाल (HURAC Nepal) मार्फत सञ्चालित यो परियोजनाले विशेष गरी ग्रामीण क्षेत्रका युवतीहरूलाई हिंसामुक्त वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र उनीहरूको नेतृत्व विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेको हुरेक नेपाल का फिल्ड अफिसर अनिल द्विबेदीले बताउनु भएको छ।

कार्यक्रममा जनकल्याण सेवा समितिका रामरुप कुर्मी, एसएसडिसी (SSDC) का प्रतिनिधि मिरा परियार, र महिला तथा बालबालिका शाखाकी सुधा द्विवेदी लगायतले युवा परिषदले स्थानीय सरकार र समुदायबीच पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो। नवगठित परिषदले आगामी दिनमा गाउँपालिका भित्र हुने सामाजिक विकृति, बालविवाह र लैङ्गिक हिंसा न्यूनीकरणका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

जलवायु मैत्री गाउँ प ...

रहमुल, लहान १७ चैत्र । जलवायु परिवर्तनका बढ्दो चुनौतीसँग जुध्दै दिगो कृषि प्रणाली विकास र किसान सशक् ...

राजदेवी आधारभूत विद् ...

रहमुल, लहान १७ चैत्र । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी आधारभूत विद्यालयमा ६ कोठे आधुनि ...

SEE २०८२ केन्द्राध्य ...

रहमुल, लहान १७ चैत्र । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ लाई मर्यादित, व्यवस्थित तथा निष्पक्ष रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१