ताजा समाचार

सखुवानन्कारकट्टीमा दलित महिला कृषकलाई कृषि औजार र तरकारीका बीउ वितरण

  • चैत २, २०८२
  • ६३५ पटक पढिएको
  • रहमुल
alt

रहमुल लहान,२ चैत्र । राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा सञ्चालित पोषण परियोजना कार्यक्रम अन्तर्गत सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ लतियाहीमा दलित महिला कृषक समूहलाई कृषि औजार तथा विभिन्न प्रकारका तरकारीका बीउबिजन वितरण गरिएको छ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल र केयर नेपालको सहयोगमा सञ्चालन भइरहेको उक्त कार्यक्रम अन्तर्गत स्थानीय दलित महिला कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले आवश्यक कृषि सामग्री उपलब्ध गराइएको महासंघका मधेस प्रदेश सचिव यमुना प्रसाद यादवले जानकारी दिएका छन्। उनका अनुसार परियोजनाले ग्रामीण क्षेत्रका महिला कृषकलाई सशक्त बनाउँदै पोषण सुधार र आयआर्जन वृद्धि गर्ने लक्ष्य राखेको छ। त्यसैअनुसार कृषकलाई उत्पादन बढाउन सहयोग पुग्ने विभिन्न तरकारीका बीउबिजन तथा कृषि औजार वितरण गरिएको हो।

महासंघले सखुवानन्कारकट्टी गाउँपालिकामा कृषकको जीवनस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यहाँ पोषण परियोजना, करार खेती (कन्ट्र्याक्ट फार्मिङ), किसान परिचयपत्र वितरण लगायतका कृषि सम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यसका साथै कृषकहरूलाई कृषि सम्बन्धी तालिम प्रदान गर्ने, नयाँ कृषक समूह गठन गर्ने, जलवायु मैत्री गाउँ निर्माणका पहलहरू गर्ने तथा आधुनिक कृषि प्रविधिको प्रयोगबारे जानकारी दिने कार्यक्रमहरू पनि सञ्चालन गरिएको महासंघले जनाएको छ।

स्थानीय कृषकहरूले यस्ता कार्यक्रमले कृषिमा उत्साह थप्नुका साथै उत्पादन वृद्धि र आयआर्जनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका छन्। महासंघले आगामी दिनमा पनि कृषकको क्षमता विकास, आधुनिक खेती प्रवर्द्धन तथा पोषण सुधारका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤