Siraha Times
ताजा समाचार

पोषण बगैंचा कार्यक्रमअन्तर्गत दलित महिला किसानलाई बीउ र कृषि सामग्री वितरण

  • फागुन २७, २०८२
  • ४०३ पटक पढिएको
  • रहमुल
alt

रहमुल लहान, २७ फागुन ।  कृषि उत्पादन वृद्धि, पोषण सुधार तथा गरिबी न्यूनीकरणको उद्देश्यसहित सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहट्का क्षेत्रमा रहेका दलित कृषक समूहका महिला किसानलाई उन्नत जातका बीउबिजन, कृषि उपकरण तथा आवश्यक कृषि सामग्री वितरण गरिएको छ।

उक्त कार्यक्रम केयर नेपाल को आर्थिक सहयोग तथा राष्ट्रिय कृषक समूह महासंघ द्वारा सञ्चालन भइरहेको ‘पोषण बगैंचा कार्यक्रम’ अन्तर्गत सम्पन्न भएको हो। कार्यक्रममार्फत करिब १२० जना दलित महिला किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव का अनुसार कृषि उत्पादन बढाउने र स्थानीय स्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको हो।

“बलान बिहुल गाउँपालिका किसानै किसानले भरिएको क्षेत्र हो। यहाँ धेरै परिवारको मुख्य पेशा कृषि भएकाले उत्पादन वृद्धि र खाद्य संकट न्यूनीकरणका लागि यस्ता कार्यक्रम आवश्यक छन्,” उनले बताए। अध्यक्ष यादवले विशेषगरी दलित तथा विपन्न समुदायका किसानलाई लक्षित गर्दै कृषि क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने प्रयास भइरहेको जानकारी दिए। उनका अनुसार उन्नत बीउबिजन, कृषि उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराएर किसानको उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्य लिइएको छ।

स्थानीय सरकारले पछिल्ला वर्षहरूमा कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा सिंचाइ व्यवस्थापनलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि उनले बताए। गाउँपालिकाले आधुनिक खेती प्रणाली प्रवर्द्धन, किसान तालिम तथा कृषि सामग्री वितरणजस्ता कार्यक्रममार्फत किसानलाई प्रोत्साहन दिइरहेको छ।

‘पोषण बगैंचा कार्यक्रम’ मार्फत घरपरिवारमै तरकारी तथा पोषिलो खाद्य वस्तुको उत्पादन बढाएर पोषण सुधार र आयआर्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको कार्यक्रमका आयोजकहरूले बताएका छन्। स्थानीय महिला किसानहरूले यस्तो सहयोगले खेतीपातीमा उत्साह थपिएको बताउँदै उत्पादन वृद्धि र आयआर्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्। साथै, गाउँपालिकाले किसानमुखी कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा थप प्रभावकारी योजनाहरू ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१