Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टीमा ८६ महिलालाई सर्फ बनाउने तालिम, रोजगारी सिर्जनामा स्थानीय सरकारको जोड

  • फागुन १३, २०८२
  • ३४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १३ फागुन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५, समूह २ का ८६ जना महिलाहरूलाई लक्षित गर्दै तीन दिने सर्फ (डिटर्जेन्ट) बनाउने तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक सहयोग तथा सेभ द नेपाल सप्तरीको आयोजनामा श्रीराम आधारभूत विद्यालयको सभाहलमा ८ फागुनदेखि १० फागुनसम्म सञ्चालन गरिएको तालिम समापन गरिएको हो।

निम्न आय स्तरका महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ। तालिममा सहभागी महिलाहरूलाई सर्फ उत्पादनको प्रक्रिया, कच्चा पदार्थको छनोट, गुणस्तर व्यवस्थापन, प्याकेजिङ तथा बजार व्यवस्थापनबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। तालिम समापन कार्यक्रममा छोटो प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष केदारनाथ यादवले स्थानीय सरकारले सिपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताए।उनले भने, “स्थानीय सरकार गठन भएयता हामीले हरेक वर्ष सिपमूलक तालिम सञ्चालन गर्दै आएका छौं।

यसको सकारात्मक प्रभाव देखिएको छ—धेरै बेरोजगार महिला तथा युवाहरूले रोजगारी पाएका छन्, कतिपयले आफ्नै साना उद्योगसमेत सुरु गरेका छन्।” अध्यक्ष यादवले यस वर्ष ८६ जना महिलालाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिम रोजगारी सिर्जनाको दिशामा महत्वपूर्ण कदम भएको उल्लेख गरे।“हामीसँग स्रोत–साधन सीमित भए पनि सकेसम्म धेरै परिवारलाई समेट्ने लक्ष्य छ। यस वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं र आगामी दिनमा थप सिपमूलक तथा आयआर्जनका कार्यक्रम ल्याउने तयारीमा छौं,” उनले थपे।

गाउँपालिका भित्र निम्न आयस्तरका थुप्रै घरपरिवार रहेकाले सबैलाई एकैपटक समेट्न कठिन भए पनि चरणबद्ध रूपमा सबै लक्षित समूहसम्म कार्यक्रम पु¥याउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ। तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै सामूहिक रूपमा उत्पादन सुरु गर्ने योजना बनाएको बताएका छन्। यसले घरेलु उद्योग प्रवर्द्धन सँगै स्थानीय बजारमा सस्तो तथा गुणस्तरीय सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ। स्थानीय तहको यस्तो पहलले महिला सशक्तीकरण, स्वरोजगार तथा गरिबी न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सशक्त महिला, समृद्ध ...

रहमुल लहान, १९ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभा हलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समा ...

सिप सिक्दै ग्रामीण म ...

नविन चौधरी लहान, जेष्ठ १९ । सखुवानान्कारकट्टी गाउँपालिका वडा नं २ निवासी बिमला चौधरीलाइ खेतिपाती बाह ...

भारततर्फ तस्करी गर्न ...

ओम प्रकाश यादव लहान, जेठ १९ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले भारततर्फ अवैध रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१