Siraha Times
ताजा समाचार

वर्ल्ड भिजनद्वारा पशुपति मावि अगाडि रक्तदान कार्यक्रम, ‘रक्तदान जीवनदान हो’ – मेयर महेश चौधरी

  • माघ २१, २०८२
  • ५६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २१ माघ । मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजनको आयोजनामा आज लहानस्थित पशुपति माध्यमिक विद्यालय अगाडि रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व र आपतकालीन अवस्थामा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा लहान नगर प्रमुख महेश प्रसाद चौधरी, स्वास्थ्यकर्मी, समाजसेवी, युवा स्वयंसेवक तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। वर्ल्ड भिजनले कार्यक्रममा सहभागी हुन नसकेका तर स्वस्थ रहेका नागरिकहरूलाई पनि आगामी दिनमा स्वेच्छिक रक्तदान गर्न आग्रह गरेको छ। रक्तदान कार्यक्रममा बोल्दै नगर प्रमुख महेश प्रसाद चौधरीले वर्ल्ड भिजन संस्थाको कार्यको खुलेर प्रशंसा गर्नुभयो।उहाँले भन्नुभयो,“रक्तदान जस्तो पवित्र कार्यले कसैको जीवन बचाउन सकिन्छ। वर्ल्ड भिजनले स्वास्थ्य र मानवीय सेवामा निरन्तर खेलेको भूमिका अत्यन्त सराहनीय छ। यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउँछ र नागरिकलाई मानवता प्रति अझ जिम्मेवार बनाउँछ।”

मेयर चौधरीले रगत अभावका कारण धेरै बिरामीले समस्या भोग्नुपर्ने अवस्थालाई स्मरण गराउँदै स्थानीय तह, संघ–संस्था र नागरिकबीच सहकार्य गरेर नियमित रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, नगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी सामाजिक कार्यक्रमहरूमा सहयोग र समन्वय बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। वर्ल्ड भिजन संस्थाका प्रतिनिधिहरूले रक्तको माग सधैं उच्च हुने भएकाले युवाहरूलाई विशेष रूपमा रक्तदानमा अग्रसर हुन आह्वान गरे। उनीहरूका अनुसार, नियमित रक्तदानले दुर्घटना, प्रसूति, शल्यक्रिया तथा क्यान्सरलगायतका बिरामीको जीवन रक्षा गर्न ठूलो योगदान पुर्‍याउँछ।

May be an image of one or more people and crowd

स्थानीय बासिन्दाहरूले विद्यालय अगाडि आयोजना गरिएको कार्यक्रमले सहज पहुँच र जनसहभागिता बढाएको प्रतिक्रिया दिएका छन्। रक्तदान कार्यक्रममा सहभागीहरूले भविष्यमा पनि यस्ता मानवीय तथा स्वास्थ्य केन्द्रित कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन्।वर्ल्ड भिजन द्वारा आयोजित यस रक्तदान कार्यक्रमले लहानमा मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश प्रवाह गरेको छ स्थानीयहरूले बताएका छन।

प्रतिक्रिया दिनुहोस

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१