ताजा समाचार

मन्त्री गुप्ताको पहलमा लतियाहीको दशकौँ पुरानो भोल्टेज समस्या समाधान, किसानमा खुशीयाली

  • माघ १५, २०८२
  • ८८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १५ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा विगत दशौँ वर्षदेखि किसानहरूले भोग्दै आएको विद्युत् भोल्टेज र सिँचाइसम्बन्धी समस्या अन्ततः समाधान भएको युवा नेता प्रमोद यादवले जनाएका छन। माननीय मन्त्री राजकुमार गुप्ताको विशेष पहलमा नयाँ ट्रान्सफर्मर जडान भएसँगै गाउँमा स्थायी रूपमा समस्या समाधान भएको हो।

कृषि पेशामै निर्भर लतियाहीका किसानहरू लामो समयदेखि कमजोर भोल्टेजका कारण सिँचाइ, मोटर सञ्चालन तथा अन्य कृषि कार्यमा कठिनाइ भोग्दै आएका थिए। तर मन्त्री गुप्ताको पहलपछि ट्रान्सफर्मर जडान भई विद्युत् आपूर्ति सहज बनेको छ, जसले किसानहरूमा नयाँ आशा र उत्साह थपेको छ।

स्थानीय ग्रामवासीहरूले समस्या समाधानप्रति खुसी व्यक्त गर्दै मन्त्री गुप्तालाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। उनीहरूले अब खेतीपाती सहज हुने, उत्पादन बढ्ने र जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरेका छन्। यसै क्रममा हामीसँगको छोटो कुराकानीमा मन्त्री गुप्ताले भने, “हाम्रो क्षेत्रमा कुनै पनि समस्या परे सिधै मलाई सम्पर्क गर्नुस्। मलाई पद होइन, काम दिनुस्। म जनताको सेवामा चौबीसै घण्टा तत्पर छु”बताए। उनले थप जिकिर गर्दै भने,“म जनताको सुख–दुःखमा सधैँ साथ दिने नेता हुँ। म आफैँ पनि जनताकै समस्या भोग्दै आएको व्यक्ति हुँ, त्यसैले जनताको पीडा राम्ररी बुझ्छु।”मन्त्री गुप्ताको यस पहललाई स्थानीयवासीहरूले जनमुखी नेतृत्वको उदाहरणका रूपमा लिँदै आगामी दिनमा पनि यस्तै विकासमुखी कार्यको अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤