ताजा समाचार

लहान नगरपालिकाको सत्रौ नगरसभा सफलतापूर्वक सम्पन्न दाता परिवारलाई सम्मानित

  • पुस २९, २०८२
  • ६०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान” भन्ने मूल नाराका साथ भव्य रूपमा सम्पन्न भएको छ। नगरसभामा नगरपालिकाको समग्र विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको छ। नगर प्रमुख महेश प्रसाद चौधरीले नगरसभालाई सम्बोधन गर्दै लहानलाई व्यवस्थित, स्वच्छ र आर्थिक रूपमा सबल नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सरसफाइ, रोजगारी र सामाजिक समावेशीतालाई प्राथमिकतामा राखेर आगामी योजना कार्यान्वयन गरिने बताउनुभयो। यो सँगै १७ औं नगरसभाबाट जे. एस. मुरारका बहुमुखी क्याम्पसका जग्गादाता मुरारीलाल मुरारका सम्मानित भएका छन् । त्यसतै अर्का सम्मानित हुनेमा राम कुमार उमा प्रसाद स्मारक अस्पतालका जग्गादाता पवन मुरारकासहित मुरारका परिवार सम्मानित भएको छन्। नगरसभामा नगर–प्रमुख, वडाध्यक्ष, नगरसभा सदस्य, कर्मचारी, संचारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको खुला सत्र समापन भएसँगै मंगलबार फेरि दिउँसो १:०० बजेको बोलाई हो । नगरसभाले नागरिकको आवश्यकता र सुझावलाई आत्मसात् गर्दै दीर्घकालीन विकासको दिशामा अघि बढ्ने साझा संकल्प गरेको छ। कार्यक्रममा वक्ताहरूले लहान नगरपालिकाले पछिल्लो समय हासिल गरेका विकास उपलब्धिहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ पारदर्शी र परिणाममुखी कार्यशैली अपनाउन सुझाव दिएका थिए। १७ औँ नगरसभा सम्पन्न भएसँगै लहान नगरपालिका सुन्दर, समुन्नत र सभ्य लहान निर्माणको यात्रामा थप दृढताका साथ अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤