ताजा समाचार

गरिबी निवारण लक्ष्यसहित बलान बिहुल गाउँपालिकाद्वारा सिलाइ–कटाइ तालिम र सिलाइ मेसिन वितरण

  • पुस २४, २०८२
  • ६९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, २४ पुस । गरिबी निवारण तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सप्तरीको बलान बिहुल गाउँपालिकाले सिलाइ–कटाइ तालिम प्रदान गर्दै १२ थान सिलाइ मेसिन वितरण गरेको छ । गाउँपालिकाको पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत स्थानीय महिलाहरू तथा विपन्न वर्गका व्यक्तिहरूलाई सीपमूलक तालिम दिई आयआर्जनमा जोड्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ । तालिमपछि सहभागीहरूलाई व्यवहारिक रूपमा काम गर्न सहज होस् भन्ने उद्देश्यले १२ थान सिलाइ मेसिन वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले सीपबिना गरिबी अन्त्य सम्भव नभएको उल्लेख गर्दै स्थानीय तहले सीप विकासमा लगानी बढाउँदै लैजाने बताए । “हामी अनुदानमा मात्र सीमित नहुँदै सीप र रोजगारी सिर्जनामा जोड दिइरहेका छौं,” अध्यक्ष यादवले भने, “सिलाइ–कटाइ जस्तो सीपले महिलाहरूलाई घरमै बसेर आम्दानी गर्न सक्ने बनाउँछ, जसले परिवारको आर्थिक अवस्था सुधार गर्न मद्दत गर्छ।”

अध्यक्ष यादवले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिम तथा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । स्थानीय सहभागीहरूले तालिम र सिलाइ मेसिन वितरणले आत्मनिर्भर बन्ने अवसर मिलेको भन्दै गाउँपालिका प्रति धन्यवाद व्यक्त गरेका छन् । गाउँपालिकाका अनुसार गरिबी न्यूनीकरण, महिला सशक्तीकरण र स्थानीय रोजगारी प्रवर्द्धनका लागि यस्ता कार्यक्रम आगामी दिनमा थप विस्तार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤