Siraha Times
ताजा समाचार

लहान–१ सिंग्राहीमा थारु सामुदायिक भवन निर्माणका लागि १ करोड ७२ लाखभन्दा बढीको टेण्डर आह्वान

  • पुस २४, २०८२
  • ५९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, २४ पुस । सिरहाको लहान नगरपालिका–१ सिंग्राहीमा थारु समुदायका लागि सामुदायिक भवन निर्माण गर्न लहान नगरपालिकाले १ करोड ७२ लाख रुपैयाँभन्दा बढीको लागत अनुमान सहित टेण्डर आह्वान गरेको छ । नगरपालिकाका अनुसार भवन निर्माण कार्यलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार टेण्डर प्रक्रिया अगाडि बढाइएको हो । टेण्डर स्वीकृत भई सम्झौता सम्पन्न भएपछि निर्माण कार्य औपचारिक रूपमा सुरु हुने नगरपालिकाले जनाएको छ ।

लहान नगरपालिकाका मेयर महेश चौधरी निर्वाचित भएपछि उक्त थारु सामुदायिक भवनको शिलान्यास गरिएको थियो । यसअघि पनि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरी प्रारम्भिक चरणको काम अगाडि बढाएको थियो । पछिल्लो पटक टेण्डर आह्वान भएसँगै निर्माण कार्यले पूर्णता पाउने अपेक्षा गरिएको छ ।

सामुदायिक भवन निर्माण पछि थारु समुदायका सामाजिक, सांस्कृतिक तथा विभिन्न सामुदायिक गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ । स्थानीयवासीहरूले भवन निर्माणले समुदायको पहिचान संरक्षण तथा सुदृढीकरणमा टेवा पुग्ने बताएका छन् । नगरपालिकाले निर्धारित समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१