Siraha Times सिरहा नं.१

एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना (ILAP) नवराजपुर गाउँपालिकामा सम्पन्न

  • पुस २४, २०८२
  • ४८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान पुष २४ । सिरहाको नवराजपुर गाउँपालिकामा एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना (Integrated Livelihood and Agriculture Project – ILAP) को शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। २०८२ साल पौष २३ गतेदेखि प्रारम्भ भएको उक्त कार्यक्रम नवराजपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, मधेस प्रदेशको आयोजनामा सम्पन्न भइरहेको छ।

कार्यक्रमको उद्घाटन नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवको प्रमुख आतिथ्यमा गरिएको हो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कृषि र जीविकोपार्जन सुधार बिना ग्रामीण विकास सम्भव नहुने उल्लेख गर्दै ILAP परियोजनाले स्थानीय कृषक, महिला, युवा तथा विपन्न समुदायको आर्थिक अवस्था सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

अभिमुखीकरण कार्यक्रममा परियोजनाका उद्देश्य, कार्ययोजना, लक्षित समुदाय, कार्यान्वयन प्रक्रिया तथा अपेक्षित उपलब्धिबारे सहभागीहरूलाई जानकारी गराइएको छ। परियोजना मार्फत आधुनिक कृषि प्रविधि, उत्पादन वृद्धि, बजारसँग पहुँच, आयआर्जनका वैकल्पिक स्रोत विकास, जलवायु–अनुकूल कृषि अभ्यास तथा कृषकहरूको क्षमता अभिवृद्धिमा जोड दिइने जनाइएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरू, गाउँ कार्यपालिकाका सदस्यहरू, कृषि प्राविधिक, कर्मचारी, कृषक समूहका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले परियोजनाले स्थानीयस्तरमा दिगो विकास, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा ठोस योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्।

May be an image of one or more people

उक्त परियोजनामा MCC साझेदार संस्थाका रूपमा रहेको छ। साझेदार संस्थाले परियोजनाको प्राविधिक सहयोग, अनुगमन तथा क्षमता विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। ILAP परियोजना कार्यान्वयन सँगै नवराजपुर गाउँपालिकामा कृषि क्षेत्रको सुधार, जीविकोपार्जनका अवसर विस्तार तथा स्थानीय अर्थतन्त्र मजबुत हुने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

लहानमा कुशवाहा कल्या ...

रहमुल, लहान, २९चैत । सिरहाको लहान नगरपालिका–३ स्थित ल.ल.कु.मा.बि.को प्राङ्गणमा नेपाल कुशवाहा क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१