ताजा समाचार

जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष सारडाद्वारा अस्पताललाई बेन्च सहयोग

  • पुस २३, २०८२
  • ६८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,पुष २३ । जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानका अध्यक्ष तथा समाजसेवी विकास सारडाले राम कुमार सारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानलाई ४ थान बेन्च सहयोग हस्तान्तरण गर्नुभएको छ। उक्त बेन्चहरू हिजो २२ पुषको दिन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. रञ्जित कुमार झा तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहतालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाले बिरामी तथा उनीहरूका आफन्तलाई बस्न कठिनाइ नहोस् भन्ने उद्देश्यले बेन्च सहयोग गरिएको अध्यक्ष सारडाले बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रलाई सहयोग गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बेन्च हस्तान्तरण कार्यक्रममा लाइन्स क्लबका शंकर गुप्ता, प्रदीप गुप्ता, रवीन्द्र श्रेष्ठलगायत अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अस्पताल प्रशासनले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक सहयोगले सेवाग्राहीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। स्थानीय स्तरमा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि निजी क्षेत्र र सामाजिक संस्थाबाट भइरहेको यस्ता सहयोगले अस्पतालप्रति सेवाग्राहीको विश्वास अझ मजबुत हुँदै जाने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤