ताजा समाचार

नेशनल मेडिकल कलेजद्वारा डीन प्रा.डा. मोहन राज शर्मा र क्याम्पस प्रमुख प्रा.डा. सुरेश उप्रेती सम्मानित

  • पुस २३, २०८२
  • ६५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रन्जित चौरसिया वीरगंज २३ पुस। वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा इन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयका डीन प्रा.डा. मोहन राज शर्माको सम्मान तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यसै अवसरमा नेशनल मेडिकल कलेज भित्र नवनिर्मित कन्फरेन्स हलको औपचारिक उद्घाटन समेत गरिएको थियो।

उक्त कार्यक्रममा महाराजगञ्ज मेडिकल क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सुरेश उप्रेती अतिथि सम्माननीयको रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रमको अध्यक्षता नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अंसारीले गरेका थिए। कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका व्यवस्थापकीय निर्देशक शहनवाज अंसारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ, एडमिसन तथा मार्केटिङ निर्देशक अबिद हुसेन अंसारी, कलेजका कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसिया, उपप्राचार्यहरू, विभागीय प्रमुखहरू, शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा प्रमुख अतिथि, अतिथि सम्माननीय र अध्यक्षद्वारा संयुक्त रूपमा पानस दिप प्रज्वलन मार्फत गरिएको थियो। स्वागत मन्तव्य कलेजका कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसियाले व्यक्त गर्नुभएको थियो। यस अवसरमा वक्ताहरूले नेशनल मेडिकल कलेजले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो।

सम्मान कार्यक्रम अन्तर्गत प्रमुख अतिथि प्रा.डा. मोहन राज शर्मा तथा अतिथि सम्माननीय प्रा.डा. सुरेश उप्रेतीलाई दोसल्ला तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित अतिथिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक संस्थाबीचको सहकार्य तथा स्वास्थ्य सेवा सुधारका विषयमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको धन्यवाद ज्ञापन कलेजका उपप्राचार्य प्रा.डा. रवि शंकर गुप्ताले गर्नुभएको थियो भने समापन मन्तव्य अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले दिनुभएको थियो। यस कार्यक्रमले नेशनल मेडिकल कलेज र राष्ट्रियस्तरका शैक्षिक तथा स्वास्थ्य संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤