Siraha Times सिरहा नं.१

भगवानपुरमा ४ दिने एकीकृत पोषण बगैचा तालिम सुरु

  • पुस २३, २०८२
  • ५६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २३ पुष ।“सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने मूल नाराका साथ किसान स्वयंसेवक तथा अगुवा कृषकहरूका लागि कृषिमा आधारित एकीकृत पोषण बगैचा सम्बन्धी स्थानीय तह स्तरीय चारदिने तालिम आजदेखि भगवानपुर गाउँपालिकामा सुरु भएको छ।

राष्ट्रिय कृषक समूह महासंघ, नेपालको आयोजनामा तथा Nurture Every Future: Poshan Nepal कार्यक्रम अन्तर्गत CARE नेपाल र iDE को सहयोगमा सञ्चालन गरिएको उक्त तालिम २०८२ साल पुस २२ गतेदेखि २५ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्रको सभाहल, भगवानपुर–१, सिरहामा सञ्चालन हुनेछ। तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष रेखा यादव र प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह सहभागी थिए। साथै विभिन्न वडाका वडाध्यक्षहरू, पालिकाभरिका कृषक समूहमा आबद्ध महिला कृषकहरू तथा किसान स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले कृषि र पोषणलाई एकीकृत रूपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताए। उनले कृषिमा आधारित पोषण बगैचाले परिवारको पोषण सुरक्षा सुदृढ बनाउनुका साथै आम्दानी वृद्धि गर्नसमेत सहयोग पुर्‍याउने उल्लेख गर्दै यस्ता तालिमले स्थानीय कृषकको ज्ञान र सीप अभिवृद्धि गरी आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको भगवानपुर गाउँपालिकामा करिब ९० प्रतिशत जनसंख्या प्रत्यक्ष रूपमा खेतीमा निर्भर रहेको भए पनि आवश्यक ज्ञान र सीपको अभावमा परम्परागत ढंगले खेती भइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिका र महासंघको सहकार्यमा यो तालिम आयोजना गरिएको जनाइएको छ। यस तालिमले कृषकलाई आधुनिक र पोषणमैत्री खेती प्रणालीतर्फ उन्मुख गराउने लक्ष्य लिएको छ। तालिममा एकीकृत पोषण बगैचाको अवधारणा, घरायसी तथा सामुदायिक स्तरमा पोषणयुक्त तरकारी तथा फलफूल उत्पादन, सन्तुलित आहार, जैविक खेती, मौसमी बाली छनोट, बगैचा व्यवस्थापन तथा दिगो कृषिसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिनेछ। 

विशेषगरी महिला कृषकहरूको क्षमता अभिवृद्धिमा तालिम केन्द्रित रहने आयोजकले बताएका छन्। राष्ट्रिय कृषक समूह महासंघ, मधेस प्रदेशका सचिव यमुना प्रसाद यादवका अनुसार उक्त महत्वपूर्ण तालिम पुस २५ गते समापन हुनेछ। उनले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्दै कृषकहरूले आफ्नो परिवार र समुदायको पोषण सुधारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। स्थानीयवासीहरूका अनुसार भगवानपुर गाउँपालिकामा सुरु भएको यो तालिमले कृषक सशक्तीकरण, पोषण सुधार तथा दिगो कृषिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

लहानमा कुशवाहा कल्या ...

रहमुल, लहान, २९चैत । सिरहाको लहान नगरपालिका–३ स्थित ल.ल.कु.मा.बि.को प्राङ्गणमा नेपाल कुशवाहा क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१