Siraha Times
ताजा समाचार

राम कुमार सारदा–उमा प्रसाद मुरारका अस्पतालमा १४ शैयाको नयाँ मेडिसिन वार्ड सञ्चालनमा

  • पुस २३, २०८२
  • ७३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष २३। राम कुमार सारदा–उमा प्रसाद मुरारका अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिरामीको उपचारप्रति देखाउँदै आएको व्यावसायिक दक्षता, समर्पणशीलता र सेवाभावका कारण अस्पतालप्रति बिरामी तथा सेवाग्राहीको विश्वास निरन्तर बढ्दै गएको छ। यही विश्वासको परिणामस्वरूप पछिल्लो समय अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको अस्पताल प्रशासनले जनाएको छ।

सेवाग्राहीको चापलाई मध्यनजर गर्दै अस्पतालले थप सुविधा विस्तार गर्ने क्रममा मेडिसिन वार्ड विस्तार गरी नयाँ संरचना तयार गरेको छ। अस्पतालमा मेडिसिन वार्ड, ज्येष्ठ नागरिक वार्ड तथा Isolation बेडसहित जम्मा १४ शैयाको मेडिसिन वार्ड तयारी पूरा गरिएको छ।

अस्पताल प्रशासनका अनुसार नयाँ मेडिसिन वार्ड आगामी माघ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ। सोही दिनदेखि बिरामी भर्ना गरी नियमित उपचार सेवा सुचारु गरिने जानकारी दिइएको छ। नयाँ वार्ड सञ्चालनमा आएपछि मेडिसिनसम्बन्धी रोगका बिरामीलाई थप सहज, सुरक्षित र गुणस्तरीय उपचार सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

विशेषगरी दीर्घरोगी, ज्येष्ठ नागरिक तथा संक्रमणजन्य रोगका बिरामीलाई लक्षित गरी Isolation बेडको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। यसले अस्पतालभित्र संक्रमण नियन्त्रण र बिरामीको सुरक्षित उपचारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अस्पताल व्यवस्थापन समितिले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीको निरन्तर मेहनत, अनुशासन र सेवाभावकै कारण अस्पतालप्रति जनविश्वास बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा पनि सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१