ताजा समाचार

लहान २ मा जेष्ठ नागरिक तथा एकल महिला सम्मानसहित २०६ थान फाइबर सिरक वितरण

  • पुस २१, २०८२
  • ६५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, पुस २१ । लहान नगरपालिका–२ नं. वडा कार्यालय, सिरहाको आयोजनामा जेष्ठ नागरिक तथा एकल महिला सम्मान तथा फाइबर सिरक वितरण कार्यक्रम सम्पन्न भएको छ। पुस २१ गते सम्पन्न उक्त कार्यक्रममा वडा नं. २ कै बजेटबाट २०६ थान फाइबर सिरक वितरण गरिएको हो।

कार्यक्रम वडा अध्यक्ष सिया राम यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्यहरू लाल मोहम्मद मिया, सितली देवी राम, सारदा देवी कोइरी, कमल सदाय, कास कमलेश यादव तथा वडा सचिव मधुसूदन यादव लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष यादवले जेष्ठ नागरिक, एकल महिला तथा अतिविपन्न वर्गलाई लक्षित गर्दै राहत स्वरूप सिरक वितरण कार्यक्रम विगतदेखि नै निरन्तर सञ्चालन हुँदै आएको जानकारी दिए।

आफू निर्वाचनमा निर्वाचित भएदेखि नै वडा नं. २ को आयोजनामा हरेक वर्ष जाडोयाममा सिरक वितरण गर्दै आएको उनले बताए। कार्यक्रमप्रति स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी एक जना वृद्धले कठ्यांग्रिने जाडो मौसममा जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो सिरक उपलब्ध गराएर वडा अध्यक्ष यादवले ठूलो उपकार गरेको भन्दै धन्यवाद व्यक्त गरे। उनले वडा अध्यक्ष यादव केवल जनप्रतिनिधि मात्र नभई वडावासीका लागि महान व्यक्तित्व भएको धारणा पनि राखे।

जाडोयाममा राहत स्वरूप सञ्चालन गरिएको यस किसिमको सामाजिक कार्यक्रमले जेष्ठ नागरिक तथा एकल महिलालाई ठूलो राहत पुगेको सहभागीहरूको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤