लहानमा चिसो प्रभावित विपन्न समुदायलाई मेयर चौधरीद्वारा सिरक तथा राहत सामग्री वितरण

  • पुस २०, २०८२
  • ३२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष २० । जाडो यामसँगै चिसो बढ्दै गएपछि लहान नगरपालिकाले विपन्न, दलित तथा जोखिममा रहेका समुदायलाई लक्षित गरी राहत वितरण अभियान तीव्र बनाएको छ। नगर प्रमुख महेश चौधरीको नेतृत्वमा विभिन्न वडाका गरीब तथा असहाय परिवारलाई फाइबर सिरक र आवश्यक राहत सामग्री वितरण गरिएको छ।

लहान नगरपालिका वडा नम्बर १७ अन्तर्गत बलानसेर सदाय वस्तीमा ५२ जनालाई नगरपालिकाको तर्फबाट फाइबर सिरक वितरण गरिएको छ। बिहानै आयोजना गरिएको कार्यक्रममा मेयर चौधरीले जाडोका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले नगरपालिकाले प्राथमिकताका साथ विपन्न समुदायलाई न्यानो कपडा तथा सिरक वितरण गरिरहेको बताए। “चिसोबाट कसैको ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने।

त्यस्तै, लहान नगरपालिका वडा नम्बर १८ का राम वस्तीमा ८० जनालाई फाइबर सिरक वितरण गरिएको छ। वितरण कार्यक्रममा सहभागी हुँदै मेयर चौधरीले नगरपालिकाले स्रोत र साधनको सीमाभित्र रहेर पनि अधिकतम नागरिकलाई सहयोग पुर्‍याउने प्रयास गरिरहेको बताए। उनले चिसोको समयमा विशेषगरी वृद्धवृद्धा र दीर्घरोगीहरू बढी जोखिममा रहने भएकाले उनीहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

यसैक्रममा लहान नगरपालिका वडा नम्बर २३ अन्तर्गत डोम वस्तीका २३ जनालाई पनि फाइबर सिरक वितरण गरिएको छ। ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायलाई नगरपालिकाले विशेष ध्यान दिएको बताउँदै मेयर चौधरीले सामाजिक न्याय र समानताको अभ्यास स्थानीय तहबाटै सुरु हुने बताए। डोम वस्तीका स्थानीयले नगरपालिकाको सहयोगले जाडोमा धेरै राहत मिलेको प्रतिक्रिया दिएका छन्।

उता, लहान नगरपालिका वडा नम्बर १२ का आशा सदाको निधन भएको खबर पाएपछि नगर प्रमुख चौधरीले नगरपालिकाको तर्फबाट शोकसन्तप्त परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग गरेका छन्। नगरपालिकाले चामल, दाल, नुन, तेल र फाइबर सिरक उपलब्ध गराएको छ भने क्रियाखर्च बापत ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरिएको छ। मेयर चौधरीले दुःखको घडीमा नगरपालिकाले नागरिकको साथ नछोड्ने प्रतिबद्धता व्यक्त गरे।

“गरिबी र विपन्नताको मारमा परेका परिवारका लागि सानो सहयोग पनि ठूलो राहत हुन सक्छ,” मेयर चौधरीले भने, “नगरपालिका नागरिकको सुख–दुःखमा साथ दिन सधैं तत्पर छ।” उनले यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइने पनि स्पष्ट पारे।

लहान नगरपालिका वडा नम्बर १२ मै चिसो बढेसँगै थप ३० जनालाई फाइबर सिरक वितरण गरिएको छ। उक्त कार्यक्रममा वडा अध्यक्ष बद्री नारायण चौधरीको उपस्थितिमा सिरक वितरण गरिएको हो। वडा अध्यक्ष चौधरीले वडा कार्यालयको तर्फबाट थप ७० जनालाई पनि फाइबर सिरक वितरण गरिने जानकारी दिए। उनका अनुसार वडाभित्र रहेका अति विपन्न परिवारको तथ्यांक संकलन गरी क्रमशः राहत वितरण गरिनेछ।

स्थानीयवासीहरूले नगरपालिकाको पहलको प्रशंसा गर्दै चिसोको समयमा न्यानो सिरकले दैनिक जीवनयापन सहज भएको बताएका छन्। विशेषगरी खुला वा कच्ची घरमा बसोबास गर्ने समुदायका लागि यस्तो सहयोग अत्यन्त आवश्यक रहेको उनीहरूको भनाइ छ।

लहान नगरपालिकाका अनुसार यस वर्ष जाडो यामलाई लक्षित गरी विभिन्न वडामा चरणबद्ध रूपमा सिरक तथा न्यानो कपडा वितरण गर्ने योजना बनाइएको छ। साथै, आकस्मिक घटना वा विपद्का समयमा तत्काल राहत उपलब्ध गराउने संयन्त्रलाई पनि सक्रिय बनाइएको नगरपालिकाले जनाएको छ।

समग्रमा, चिसो बढेसँगै नगर प्रमुख महेश चौधरीको नेतृत्वमा लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपन्न र पीडित समुदायलाई राहत पुर्‍याउने कामलाई प्राथमिकताका साथ अघि बढाएको देखिन्छ। स्थानीय तहबाट गरिएको यस्तो मानवीय पहलले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस

उठीवासको त्रासमा मुस ...

रहमुल लहान २० पुष । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ अन्तर्गत सोठियाइन पटना गाउँमा क ...

लहानमा लागुऔषध कारोब ...

लहान पुष २० । सिरहाको लहान नगरपालिका–१ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई ज ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया वीरगंज २० पुस। नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि. तथा प्राइभेट एण्ड बोर्डिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१