Siraha Times
ताजा समाचार

महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध एक दिने सचेतना कार्यक्रम सम्पन्न

  • पुस १६, २०८२
  • ६४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष  १६ । महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना फैलाउने उद्देश्यसहित बलानबिहुल युवा सञ्जालको आयोजनामा एकदिने विशेष कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। बलानबिहुल गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ।उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा- युवती तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमकी प्रमुख अतिथि अनिता यादव रहनु भएको थियो। उहाँ The Mrs. National की Brand Ambassador तथा सक्रिय सामाजिक अभियन्ता समेत हुनुहुन्छ। प्रमुख अतिथिको आसनबाट बोल्दै यादवनिले महिलामाथि हुने विभेद, हिंसा र दहेज प्रथाजस्ता कुप्रथाले समाजलाई पछाडि धकेलिरहेको बताउनुभयो। उहाँले महिलालाई आत्मनिर्भर, शिक्षित र सचेत बनाउनु नै दहेज प्रथा अन्त्यको प्रभावकारी उपाय भएको उल्लेख गर्दै महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले गाउँपालिकाबाट महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम तथा नीतिहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। दहेज प्रथा समाजको गहिरो रोग भएको उल्लेख गर्दै उहाँले यसको अन्त्यका लागि कानुनी व्यवस्था मात्र होइन, सामाजिक सोच परिवर्तन अत्यावश्यक रहेको धारणा व्यक्त गर्नुभयो। स्थानीय तहबाट यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

विशेष अतिथिहरूमा पूर्व गाउँपालिका अध्यक्ष दयानन्द गोइत तथा वडा न. १ को वडा अध्यक्ष राम कुमार यादव,समाजसेबि दुर्गा प्रसाद शर्मा, रामेश्वर यादव, देबु प्रसाद चौधरी , प्रमोद कुमार यादव, डा. गुर्गेन्द मघैया यादव, ५ न.वडाको प्रत्यासी वडा अध्यक्ष इन्दल प्रसाद यादव, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, सम्पुर्ण बलान बिहुल युवा संजालका युवाहरुको उपस्थिति रहेको थियो। उनीहरूले आ–आफ्नो मन्तव्यमा दहेज प्रथाले गरिब तथा मध्यम वर्गीय परिवारलाई आर्थिक तथा मानसिक रूपमा गम्भीर असर पुर्‍याइरहेको बताए। साथै, महिलाको शिक्षा, सीप विकास र आर्थिक सशक्तिकरणमार्फत मात्र समान समाज निर्माण सम्भव हुनेमा उनीहरूले जोड दिए।

कार्यक्रममा महिला अधिकार, दहेज प्रथाको कानुनी पक्ष, सामाजिक प्रभाव र समाधानका उपायबारे अन्तरक्रिया तथा छलफल गरिएको थियो। सहभागीहरूले दहेज प्रथा विरुद्ध सामूहिक अभियान चलाउनुपर्ने, विवाहलाई सादगीपूर्ण बनाउने संस्कृतिको विकास गर्नुपर्ने र छोरीलाई बोझ होइन सम्मानको रूपमा हेर्ने सोच विकास गर्नुपर्ने सुझाव दिएका थिए।

आयोजक संस्था बलानबिहुल युवा सञ्जालको अध्यक्ष मुकेश कुमार पासमानले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक रुपान्तरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको समापन सबै सहभागीहरूले दहेज प्रथा विरुद्ध एकजुट भएर लाग्ने संकल्पसहित गरिएको थियो।

यस कार्यक्रमले बलानबिहुल क्षेत्रमा महिला सशक्तिकरण र दहेज प्रथा विरुद्धको अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको कुरा कार्यक्रम संचालक दुर्गा प्रसाद यादवले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१