ताजा समाचार

लहान नगरपालिकाद्वारा राहत वितरण कार्य निरन्तर, वडा नं. २१ माधोपुरमा फाइबर सिरक वितरण

  • पुस १५, २०८२
  • ८३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,पुष १५ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले राहतस्वरूप दलित तथा विपन्न परिवारलाई न्यानो सामग्री वितरण कार्यलाई निरन्तरता दिएको छ । त्यही क्रममा आज लहान नगरपालिकाको वडा न २१ दास बस्तीमा ११४ थान फाइवर सिरक वितरण गरेको छ ।उक्त न्यानो सिरक वितरण कार्यक्रमकै क्रममा मेयर महेश चौधरीलाई ठुलै कार्यक्रम गरे जस्तो स्वागत गरेका थिए ।

नगर प्रमुखको नेतृत्वमा पालिकाका विभिन्न वडामा क्रमिक रूपमा फाइबर सिरक वितरण गरिँदै आएको छ । यसैक्रममा आज लहान नगरपालिका वडा नं. २१ माधोपुरमा दलित तथा विपन्न परिवारलाई फाइबर सिरक वितरण गरिएको छ । जाडोको समयमा चिसोबाट जोगिन कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गर्दै नगरपालिकाले राहतस्वरूप सिरक वितरण गरेको हो ।

नगर प्रमुखले चिसोका कारण कुनै पनि नागरिक समस्यामा नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले चरणबद्ध रूपमा सबै वडामा राहत वितरण गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि आवश्यकताको आधारमा सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।

वडा नं. २१ माधोपुरका स्थानीय नेताहरू प्रत्यासी नेपाली काङ्ग्रेस वडा अध्यक्ष अशेश्वर यादव , दिनेश्वर प्रसाद यादव, सतमी दास, भागवत दास, जुगेश्वर यादवले नगरपालिकाको यस पहलप्रति आभार व्यक्त गर्दै चिसो मौसममा न्यानो सिरक पाउँदा राहत महसुस भएको सहमती जनाएका थिए । नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत दलित, असहाय तथा विपन्न समुदायलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤