Siraha Times
ताजा समाचार

व्यवस्थापन समितिको विवादले श्री म. ज. मा. वि. सोठिआइन संकटमा, स्थानीयमा बढ्दो चिन्ता

  • पुस ५, २०८२
  • ७४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ५ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ मा रहेको श्री म. ज. मा. वि. सोठिआइनको व्यवस्थापन समिति गठन तथा सञ्चालनको विषयलाई लिएर लामो समयदेखि देखिएको विवाद अझै समाधान हुन सकेको छैन। मंसिर २२ गते बसेको बैठकको निर्णयअनुसार आज पुस ५ गते विद्यालय परिसरमै आन्तरिक छलफलका लागि बैठक बस्ने समय तोकिए पनि समस्या समाधानको सट्टा झन् बल्झिँदै गएको स्थानीयको गुनासो छ।

विद्यालय प्रशासनले सम्पूर्ण अभिभावक, समाजसेवी, बुद्धिजीवी, दाता परिवार तथा शिक्षकहरूलाई छलफलमा उपस्थित हुन अनुरोध गरे पनि यसअघि पटक–पटक बसेका बैठकहरूले ठोस निष्कर्ष दिन नसकेको बताइन्छ। स्थानीयका अनुसार नाम चलेको, निकै पुरानो इतिहास बोकेको यो विद्यालय केही गैर–अभिभावक र दलालहरूको हस्तक्षेपका कारण संकटमा परेको छ।

यस सम्बन्धमा स्थानीयसँग बुझ्दा, वास्तविक अभिभावक मात्र भेला भई छलफल गरे समस्या सजिलै समाधान हुने उनीहरूको धारणा छ। गैर–अभिभावक र स्वार्थ समूहको सक्रियताकै कारण विद्यालयको भविष्य अन्योलमा परेको उनीहरूको आरोप छ। केही बुज्रुक व्यक्तिहरूका अनुसार आर्थिक रूपमा सक्षम परिवारका बालबालिका निजी विद्यालयमा अध्ययन गर्छन् भने यस विद्यालयमा मुख्यतः कमजोर आर्थिक अवस्था भएका बालबालिका मात्र अध्ययनरत छन्। 

ती बालबालिकाले पढ्न नपाओस् भन्ने सोच कतिपय गैर–अभिभावकमा प्रस्ट देखिएको उनीहरूको भनाइ छ। शिक्षाप्रेमीहरूको छलफलमा आफूलाई नेता भन्ने केही व्यक्तिहरूको स्वार्थ र हस्तक्षेपकै कारण शिक्षा क्षेत्र डगमगाएको निष्कर्ष निकालिएको छ। त्यही नेताहरूको पछि लागेर गरिब वर्गका मानिसहरू जिन्दावादका नारा लगाउँदै आफ्नै भविष्य अन्धकारतर्फ धकेलिरहेको उनीहरूको टिप्पणी छ। यस्तो अवस्थामा दोषी को हो भन्ने कुरा प्रस्टै देखिने उनीहरूको भनाइ छ।

स्थानीय बुद्धिजीवीहरूले अब पनि अभिभावक र समुदाय सचेत नभए समस्या समाधान नहुने चेतावनी दिएका छन्। विद्यालय जोगाउन दलाल र गैर–अभिभावकलाई पाखा लगाउँदै सचेत नागरिकले कडा भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उनीहरूको सुझाव छ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१