ताजा समाचार

पारस मल्टिस्पेशालिटी हस्पिटल र विराट मेडिकल कलेज टिचिङ हस्पिटलबीच ऐतिहासिक सहकार्य सम्झौता

  • पुस ४, २०८२
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ४ पुस । पारस मल्टिस्पेशालिटी हस्पिटल र विराट मेडिकल कलेज टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा, तालिम तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताले दुवै संस्थाबीच सहकार्यको नयाँ अध्यायको सुरुवात गरेको छ।

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा पारस मल्टिस्पेशालिटी हस्पिटलका अध्यक्ष डा. सफिउर रहमान, प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेम नारायण मेहता र हस्पिटल म्यानेजर मो. सिफ्तैन राजा अन्सारी (लक्की) तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका सीईओ डिनिश कार्की र हस्पिटल कोर्डिनेटर सुनिल देवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

सम्झौताअनुसार विराट मेडिकल कलेज टिचिङ हस्पिटलले क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार सेवामा पारस मल्टिस्पेशालिटी हस्पिटलसँग सहकार्य गर्नेछ। साथै दुवै संस्थाका चिकित्सक तथा कर्मचारीहरूको सीप विकासका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गरिनेछ। यस सहकार्यअन्तर्गत पारस मल्टिस्पेशालिटी हस्पिटलका बिरामीहरूले विराट मेडिकलमा ओपीडी सेवा निःशुल्क रूपमा प्राप्त गर्नेछन् भने अन्य सेवा सुविधामा विशेष छुटको व्यवस्था समेत गरिएको छ।

यस सम्झौतामा पारस हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानको विशेष योगदान रहेको बताइएको छ। उहाँको पहल, सुझाव र प्रयासका कारण यो सहकार्य सम्भव भएको सहभागीहरूको भनाइ छ। यस सम्झौताले क्षेत्रीय स्तरमै गुणस्तरीय र उन्नत स्वास्थ्य सेवा उपलब्ध गराउने, ज्ञान र अनुभवको आदान–प्रदान गर्ने तथा सामुदायिक स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤