ताजा समाचार

नेशनल मेडिकल कलेजद्वारा उदयपुर घुर्मीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • पुस ३, २०८२
  • ६२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। शिविर वडा नं. २७ का वडाध्यक्ष श्री हृदय प्रसाद कुर्मीको समन्वय तथा सहयोगमा आयोजना गरिएको हो। बिहान १०:०० बजेदेखि सञ्चालन भएको शिविरमा जम्मा १०७ जना महिला तथा बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए।

शिविरमा रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, उचाइ, बीएमआई तथा अक्सिजन स्याचुरेसन जस्ता प्रारम्भिक परीक्षणपछि विशेषज्ञ चिकित्सकद्वारा परामर्श प्रदान गरिएको थियो। सेवाको सहज व्यवस्थापनका लागि दर्ता, प्रारम्भिक परीक्षण तथा चिकित्सक परामर्शका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको थियो।

शिविरमा वडा नं. २७ का वडाध्यक्ष श्री हृदय प्रसाद कुर्मी, उदयपुर घुर्मी स्वास्थ्य चौकीका इन्चार्ज श्री कृष्ण चन्द्र प्रसाद, तथा नेशनल मेडिकल कलेजबाट मार्केटिङ म्यानेजर श्री जितेश चन्द्र दास को उपस्थिति रहेको थियो।

चिकित्सकीय सेवामा बालरोग विशेषज्ञ डा. अशफाक अन्सारी र स्त्रीरोग विशेषज्ञ डा. रवि साहले प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो। कार्यक्रमका क्रममा वक्ताहरूले समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रारम्भिक रोग पहिचान तथा जनस्वास्थ्य सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले यस्तो उपयोगी स्वास्थ्य शिविर आयोजना गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरेका छन्। निःशुल्क स्वास्थ्य शिविरले महिला तथा बालस्वास्थ्य प्रवर्द्धन, जनचेतना अभिवृद्धि तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤