Siraha Times
ताजा समाचार

अतिविपन्न बेसाहाराको सहारा बने वडा अध्यक्ष ठाकुर

  • पुस २, २०८२
  • ६८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरिक रूपमा अशक्त महिलाका लागि वडा अध्यक्ष जयप्रकाश ठाकुर मानवीय सहाराका रूपमा अगाडि आउनुभएको छ। बोल्न नसक्ने र अत्यन्तै नाजुक आर्थिक अवस्थाबाट गुज्रिरहेकी ती महिलाको हात भाँचिएको खबर पाउने बित्तिकै अध्यक्ष ठाकुरले देखाउनुभएको तत्परताका कारण उहाँ स्थानीयस्तरमा प्रशंसाका पात्र बन्नुभएको छ।

केही दिनअघि स्थानीय समाजसेवी तथा विभिन्न संघ–संस्थाको सहयोगमा पीडित महिलाका लागि घर निर्माणको काम सुरु गरिएको थियो। सोही क्रममा सिमेन्टको पिलर ढल्दा ती महिलाको हातमा गम्भीर चोट लागेको थियो। उपचार तत्काल आवश्यक भए पनि कुनै औपचारिक सवारी साधन वा एम्बुलेन्स उपलब्ध नभएको अवस्थामा खबर पाएलगत्तै वडा अध्यक्ष ठाकुर स्वयं घटनास्थल पुग्नुभएको थियो।

उहाँले कुनै ढिलासुस्ती नगरी ती असहाय महिलालाई आफ्नै मोटरसाइकलमा राखी अस्पताल पुर्‍याउनुभयो र चिकित्सकको निगरानीमा आवश्यक उपचारको व्यवस्था गर्नुभयो। स्थानीयवासीका अनुसार अध्यक्ष ठाकुरले आवाजविहीन र कमजोर वर्गको पीडा बुझेर देखाउनुभएको मानवीय व्यवहारले जनप्रतिनिधि हुनुको वास्तविक अर्थ पुष्टि गरेको छ।

“हामीले चुनेका प्रतिनिधि जनताको सुख–दुःखमा यसरी नै साथमा हुनुपर्छ भन्ने उदाहरण वडा अध्यक्षले दिनुभएको छ,” एक स्थानीय बासिन्दाले बताए। वडा अध्यक्ष ठाकुरको यस कार्यले समाजमा मानवीय सेवा, सामाजिक उत्तरदायित्व र जनप्रतिनिधिको भूमिकाबारे सकारात्मक सन्देश दिएको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१