Siraha Times
ताजा समाचार

पिडरबनी फुटबल क्लबद्वारा विद्यार्थी खेलाडीलाई फुटबल सहयोग

  • मंसिर २८, २०८२
  • ६७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, मंसिर २८ । पिडरबनी फुटबल क्लबले आज श्री माध्यमिक विद्यालय पिडरबनी, लहान नगरपालिका–११ का विद्यार्थी खेलाडीहरूका लागि १ थान फुटबल विद्यालयका प्रधानाध्यापक श्री बिरेन्द्र यादवज्यूलाई हस्तान्तरण गरेको छ। आगामी ANFA U-14 Inter School Football Tournament मा विद्यालयको टिम सहभागी हुने भएकाले प्रतियोगिताको तयारीलाई सहज बनाउने उद्देश्यले उक्त फुटबल प्रदान गरिएको क्लबले जनाएको छ।

साथै, विद्यार्थी खेलाडीहरूको नियमित प्रशिक्षण, क्षमता अभिवृद्धि तथा आवश्यक प्राविधिक सहयोगका लागि पिडरबनी फुटबल क्लब सधैं तयार रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। फुटबल हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री बिरेन्द्र यादवज्यूले प्रतियोगितामा सहभागी विद्यार्थी खेलाडीहरूलाई विद्यालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले गरिएको यस सहयोगप्रति पिडरबनी फुटबल क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो। स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन गर्दै उदीयमान प्रतिभाहरूलाई प्रोत्साहन गर्ने पिडरबनी फुटबल क्लबको यो पहलले विद्यार्थी खेलाडीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१