लहान–९ का महिला समूह नयाँ भवनमा विधिपूर्वक प्रवेश

  • मंसिर २२, २०८२
  • ४२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान, २२ मंसिर । स्वावलम्बन लघुवित्त र महुली लघुवित्तद्वारा संयुक्त रूपमा संचालित लहान–९ का महिला समूहहरूले आजबाट नव–निर्मित भवनमा विधिपूर्वक प्रवेश गरेका छन्। नयाँ भवन निर्माणपछि पहिलोपटक औपचारिक रूपमा प्रवेश समारोह आयोजना गरिएको हो।

उद्घाटन समारोहका प्रमुख आतिथिका रूपमा उपस्थित वडाध्यक्ष घुरण थारुले भवन महिला समूहहरूको आर्थिक, सामाजिक तथा वैचारिक सशक्तिकरणका लागि ‘कर्मथलो’ बन्ने विश्वास व्यक्त गरे। उनले ग्रामीण महिलाको क्षमता विकास, तालिम, बैठक तथा आर्थिक क्रियाकलाप सञ्चालनमा यस भवनले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

वडाध्यक्ष थारुले भवन निर्माणसँगै अब महिला समूहहरूको पहुँच, सहभागिता र आय–आर्जन आधारित कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै स्थानीय विकासका हरेक गतिविधिमा महिलाको सक्रिय उपस्थितिले वडालाई समृद्ध बनाउन मद्दत गर्ने धारणा राखे।

नव–निर्मित भवन महिलाहरूले आफ्नो योजना, बचत–ऋण गतिविधि तथा विभिन्न सामुदायिक कार्यक्रम सञ्चालन गर्ने साझा केन्द्रका रूपमा उपयोग हुने बताइएको छ। महिला समूहका सदस्यहरूले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ सशक्त रूपमा गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१