ताजा समाचार

कृष्णानगरमा बहादुरगंज आंखा अस्पतालको नयां सेवा संचालन मंसिर २६ सम्म निःशुल्क आंखा परीक्षण

  • मंसिर १९, २०८२
  • ७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , मंसिर १९ । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगरपालिका–१, कृष्णनगर बजारमा नयाँ व्यवस्थापनसहित ‘आँखा उपचार तथा सर्जिकल सेवा केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ ।

स्थानीय तहमा सहज, गुणस्तरीय र सर्वसुलभ आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यही मंसिर २० गतेदेखि केन्द्रको नियमित सेवा प्रारम्भ हुने छन्द (काले बाबू) नारायणी आँखा अस्पताल, बहादुरगञ्जका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।

सेवा प्रारम्भसम्बन्धी नेपाल नेत्रज्योति संघका आजीवन सदस्य नसरुल्लाह खान, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, अस्पताल प्रशासन प्रमुख डा.शमशेर थापा, वरिष्ठ प्रशासक जसराज विश्वकर्मा तथा सूचना अधिकृत बन्तुराम खड्काद्वारा संयुक्त रूपमा सार्वजनिक गरिएको हो । नवसञ्चालित सेवा केन्द्रमार्फत आँखा उपचार, परामर्श सेवा, नियमित परीक्षण तथा आवश्यक सर्जिकल सेवा उपलब्ध हुने छ ।

विशेषतः मोतीबिन्दु लगायतका जटिल आँखाका रोगहरूको प्रारम्भिक परीक्षण पूर्णरूपमा निशुल्क हुने नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताए । मंसिर २० देखि मंसिर २६ गतेसम्म निःशुल्क आँखा परीक्षण तथा मोतीबिन्दु रोगी सूचीकृत अभियान सञ्चालन गरिनेछ ।

आवश्यकता अनुसार रोगीलाई बहादुरगञ्ज आँखा अस्पतालमा रेफर गरी सर्जिकल उपचार उपलब्ध गराइने आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा.शमशेर थापाले बताएका छन् । सेवा तथा कार्यक्रमसम्बन्धी थप विवरणका लागि छन्द (काले बाबू) नारायणी आँखा अस्पताल, बहादुरगञ्जमा सम्पर्क गर्न सकिने अस्पतालका सूचना अधिकारी बालाराम खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤