ओम प्रकाश यादव लहान मङ्सिर २ । संस्थापक तथा प्रिन्सिपल जय प्रकाश चौधरी (जेपी सर) को नेतृत्वमा स्थापित लहानस्थित लिटिल स्टार विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा नयाँ इतिहास रच्दै आएको छ । उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन, संस्कार र आत्मबल विकासलाई प्राथमिकतामा राख्दै विद्यालयले लामो समयदेखि गुणस्तरीय शिक्षाको नयाँ पहिचान बनाएको छ ।
चार विद्यार्थी एमबीबीएस छात्रवृत्तिमा सफल विद्यालयले पुनः एक पटक आफ्नो क्षमता प्रमाणित गर्दै हालै एमबीबीएस छात्रवृत्तिमा चारजना विद्यार्थीको नाम निकाल्न सफल भएको छ । प्रिन्सिपल चौधरीका अनुसार छात्रवृत्ति प्राप्त गर्नेमा— अभिशेक यादव विवेक यादव रञ्जित राम निरन्जन यादव रहेका छन् । विशेषतः रञ्जित राम, जो दलित समुदायबाट आएका हुन्, प्रतिस्पर्धात्मक रूपमा खुला कोटाबाट नै चयन हुन सफल भएका छन् । उनलाई यसअघि सप्तरीको सुरुङ्गा नगरपालिकाले सम्मान समेत गरेको उल्लेख गरिएको छ ।
हालका वर्षमा लहान र आसपासका क्षेत्रहरूमा शैक्षिक संस्थाहरू गुणस्तरीयताको नयाँ उचाइमा पुगेका छन् । लिटिल स्टारबाट अध्ययन गरेका विद्यार्थीहरूले नेपाल राष्ट्र बैंकको डिपुटी म्यानेजरदेखि अमेरिका पुगेका पीएचडी विद्वानसम्म जन्मिएका छन् । यसबाट “इच्छाशक्ति भए सफल हुन कसैले रोक्न सक्दैन” भन्ने भनाईलाई विद्यालयका उत्पादित जनशक्तिले वास्तविकतामा उतारेका छन् ।
प्रिन्सिपल चौधरीका अनुसार विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीलाई १६ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल विद्यालयमा करिब १६०० विद्यार्थी अध्ययनरत छन् भने ११३ जना स्टाफ सेवा दिइरहेका छन् । गत वर्षको एसइईमा प्राप्त १०० प्रतिशत नतिजा विद्यालयको उन्नत व्यवस्थापन र शैक्षिक गुणस्तरको ठोस प्रमाण मानिन्छ ।
विद्यालयमा हाल प्लस–टु तहसम्म अध्ययन गराइँदै आएको छ, जसमा विज्ञान र व्यवस्थापन दुई संकाय सञ्चालनमा छन् । विद्यालयको उद्देश्य, विद्यार्थीलाई सैद्धान्तिक तथा व्यावहारिक दुवै क्षेत्रमा सक्षम बनाउने रहेको छ । “शिक्षा यस्तो शक्ति हो जसले सपना देख्न सिकाउँछ र ती सपना पूरा गर्न आत्मबल प्रदान गर्छ । हाम्रो लक्ष्य—हरेक विद्यार्थीलाई समान अवसर दिएर उज्जवल भविष्यका लागि तयार पार्नु हो ।” लहानको शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निभाइरहेको लिटिल स्टार विद्यालय आज उत्कृष्टता, समर्पण र अनुशासनको परिचय बनेर उभिएको छ ।
प्रतिक्रिया दिनुहोस
संगठित कुशवाहा, समृद्ध समाजको नारासहित सिरहामा १०औं जिल्ला अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा अशोक कुमार
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic