Siraha Times
ताजा समाचार

खुशीलाल उ. ज. आ.बि.मा अभिनन्दन तथा पुरस्कार वितरण कार्यक्रम अन्तर्गत उत्कृष्ट विद्यार्थी र जग्गादातालाई सम्मान

  • कार्तिक २५, २०८२
  • ६६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २५ कार्तिक । सिरहाको भगवानपुर गाउँपालिका–१, कल्याणपुरस्थित श्री खुशीलाल उचितलाल जनता आ.बि.मा शैक्षिक सत्र २०८१ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ।

प्रधानाध्यापक विष्णु देव यादवको संयोजन तथा सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका जग्गादातालाई सम्मान गरिएको थियो। त्यस्तै, नियमित विद्यालय उपस्थित हुने, अनुशासन पालन गर्ने, सरसफाइमा ध्यान दिने र पढाइ–लेखाइमा उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा पालिका भरीका प्रधानाध्यापकहरू, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि र सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको दौरान दुई जना विद्यार्थीहरुले विद्यालयको अवस्था बारे आफ्ना धारणा प्रस्तुत गर्दै हामी सरकारी विद्यालय मार्फत शिक्षा हासिल गर्न चाहन्छौं बताएका थिए तर विद्यालय परिसर भित्र समुदायका केही व्यक्तिहरूले रक्सीको बोतल फाल्ने तथा अन्य फोहोर जन्य वस्तु फ्याकेर हामी विद्यार्थीहरुलाई सास्ती दिने काम गरिरहेको गुनासो पोखेका थिए।

पालिका भरीका विद्यालयहरू मध्ये यस विद्यालयको विद्यार्थीहरूको पोशाक फरक ढंगको र अंग्रेजी माध्यम बाट पठनपाठन भैरहेको अबस्था देख्दा विद्यार्थी, अभिभावक र समुदाय हर्षित भएका छन। प्र. अ. विष्णुदेव यादव नेतृत्वको शिक्षक टिमको मेहेनतले आज यो विद्यालय नमुना बन्दै गइरहेको छ।

May be an image of child, crowd and text

सो अवसरमा वक्ताहरूले विद्यालयले उत्कृष्ट कार्यसम्पादनमार्फत स्थानीय समुदायमा सकारात्मक उदाहरण प्रस्तुत गरेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई अझ प्रेरित बनाउने विश्वास व्यक्त गरे। विद्यालय प्रशासनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षाको उन्नयनका लागि निरन्तर प्रयत्न जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१