Siraha Times
ताजा समाचार

पूर्व स्ववियु सभापति रामकृष्ण यादवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

  • कार्तिक ८, २०८२
  • १३३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा लहान नगरपालिका–१९ मा हिजो एक दिवसीय रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । समाजसेवाको भावना र मानवतामूलक योगदान स्वरूप आयोजित उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन लहान नगरपालिकाका मेयर महेश चौधरीले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले रक्तदानलाई सर्वोच्च मानव सेवा भन्दै युवाहरूलाई सामाजिक उत्तरदायित्वसहित अघि बढ्न आह्वान गरे। उहाँले भने, “रक्तदान भनेको जीवनदान हो, यसले न केवल अरूको जीवन बचाउँछ, बरु समाजमा मानवीयता र सहअस्तित्वको सन्देश पनि फैलाउँछ।”

कार्यक्रममा वडा अध्यक्ष कमरुदिन राईन, नेपाली कांग्रेस नजिकको नेविसंघका जिल्ला सभापति पप्पु यादव, कांग्रेस युवा नेता प्रमेश्वर साह, नगर सचिव संजय यादव, तरुण दल नगर सभापति कैलाश यादव लगायतका अतिथिहरूको उपस्थितिले कार्यक्रमको गरिमा थप उचो बनाएको थियो। सबै वक्ताहरूले रक्तदानलाई जीवनदायी अभियानका रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

आयोजक रामकृष्ण यादवले कार्यक्रममा आफ्नो मन्तव्य दिँदै भने, “रक्तदानजस्ता मानवीय कार्यहरूले समाजमा सकारात्मक सोच र सेवा भावना जगाउँछ। हामी युवाहरूले राजनीतिसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ।” उहाँले आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाए।

रक्तदान कार्यक्रममा स्थानीय युवाहरू, विद्यार्थी, समाजसेवी र विभिन्न पेशामा संलग्न व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। कुल ४५ जनाले रक्तदान गरेको आयोजक समितिले जानकारी दिएको छ। कार्यक्रम सफल बनाउन लहान नगरपालिका–१९ का टोलवासी, स्थानीय युवा समूह र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहयोग रहेको थियो। रक्त संकलन कार्य लहान अस्पतालको प्राविधिक टोलीले सम्पन्न गरेको हो।

रक्तदानका माध्यमबाट युवाहरूमा सेवाभाव र एकताको सन्देश फैलाएको उक्त कार्यक्रमले स्थानीय स्तरमा सामुदायिक भावना र मानवता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ। आयोजक रामकृष्ण यादवले यस्ता कार्यक्रमहरू आगामी दिनमा निरन्तर रूपमा सञ्चालन गरिने बताए।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१