ताजा समाचार

भाषण दिएर होइन, काम गरेर बताउने आफ्नो लक्ष्य : युवा नेता दुबे

  • कार्तिक ५, २०८२
  • १००१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा, ०५ कार्तिक / जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउँपालिका अध्यक्षको भावी उम्मेदवार उमेश दुबेले भाषण भन्दा पनी काम गरेर बताउने आफ्नो लक्ष्य रहेको बताएका छन । लक्ष्मी पूजाको अवसर पारी सरसफाइ अभियान चलाएका युवा नेता दुबेले नेताहरू जस्तो भाषण गर्नु भन्दा पनि काम गरेर बताउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

लक्ष्मी पूजाकै दिन अर्थात कातिक ३ गते सोमबार फेटा गाउँपालिका वडा नम्बर ४ फुलवरिया टोलमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा युवा नेता दुबेले हालसम्म फोहरी राजनीतिले गर्दा जनता दु:खित छन, पिडित छन, चेपुवामा परेको उनले बताए । स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब साढे ३ बर्ष बितिसकेको अवस्थामा पनि जनता सँग गरेको वाचाको १० प्रतिशत समेत काम गर्न नसकिनुले मेयर प्रतिको बिश्वास उठिसकेको दुबेले बताए । स्थानीय तह निर्वाचनको समयमा जनतालाइ झुटो आशा दिइयो, झूटो बिश्वासको सपना देखाइयो भन्ने कुरा हालको समयमा प्रमाणित भइसकेको समेत उनले बताए ।

बि.स.२०७४ को निर्वाचनमा निर्वाचित मेयरले काम गर्न नसकेपछी, बिकल्पमा बि.स. २०७९ को स्थानीय तहको निर्वाचनमा जनताले युवा समझेर, जनतालाइ दिलाएको आशालाइ मध्यनजर गर्दै जनताले रूस्तम अन्सारीलाइ निर्वाचित गराए । तर जनताको आशा र बिश्वासलाई पाखा लगाउदै मनोमानी तरिकाको कार्य गरेको देखेर आजित भएको स्थानीयले अब भाषणबाट होइन, काम गरेर देखाउन सक्ने, कामबाट जनताको मन जित्न सक्ने, भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरूको अगाडी ठाडो भित्ता झै उभिन सक्ने, जनता माथी शासन गर्ने होइन, जनताको सेवक बनेर काम गर्न सक्ने नेतालाइ रोज्ने स्थानीयवासी बताउछन ।

स्थानीयहरूका अनुसार २०७९ को स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब साढे ३ बर्षमा गाउँपालिकाको प्रत्येक वडामा, प्रत्येक टोलमा, प्रत्येक घर घरमा, कोइ नेताहरू गएका छैनन्, कोइ नेताहरू सु:ख दु:खमा सहभागी भएका छैनन्, कोइ नेताहरू राम्रो काममा हातेमालो गरेका छैनन्, तर युवा नेता उमेश दुबे आफुलाई नेता नसमझी सेवकको रूपमा खटिएको देख्दा अब उप्रान्त यस्ता नेतृत्व गर्नेहरूको खाचो रहेको बताएका छन । अब बिकल्प होइन, अब जनताको सेवक बनेका युवा नेता उमेश दुबेलाई समर्थन गरी निर्वाचित गराउने स्थानीय बताउछन ।

फेटा गाउँपालिका वडा नम्बर ४ का स्थानीय जुझारू युवा राजु यादवको नेतृत्वमा सम्पन्न भएको सरसफाइ कार्यक्रममा बोर्डर आउट पोस्ट बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सहितको १० जना, प्रहरी चौकी छतवा, स्थानीय दुई दर्जन भन्दा बढी युवाको साथ सहयोगले कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤