Siraha Times
ताजा समाचार

भगवानपुर गाउँपालिकाले ४५ किसानलाई निःशुल्क बोरिङ मोटर वितरण

  • असोज ३१, २०८२
  • १४५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ३१ असोज । सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको नेतृत्वमा रहेको स्थानीय सरकारले आज एक कार्यक्रमबीच ४५ जना किसानलाई समर्सियल बोरिङ मोटर निःशुल्क वितरण गरेको छ। गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा कृषकहरूको उत्पादनशीलता वृद्धि र सिँचाइको पहुँच सहज बनाउनका लागि यो पहल गरिएको जनाइएको छ।

कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष यादवले गर्नुभयो उहाँले भन्नुभयो, “कृषि नै हाम्रो आर्थिक मेरुदण्ड हो। किसान सक्षम नहुँदा गाउँले आत्मनिर्भर हुन सक्दैन। त्यसैले गाउँपालिकाले किसानका समस्या समाधानमा प्राथमिकता दिएको हो।” अध्यक्ष यादवले कृषकलाई आधुनिक प्रविधि अपनाउन र उपलब्ध स्रोत साधनको सदुपयोग गर्न आग्रह गर्नुभयो।

गाउँपालिकाले वितरण गरेको समर्सियल बोरिङ मोटरमार्फत किसानले खेतमा वर्षभरि सिँचाइ गर्न सक्ने भएका छन्। यसले धान, गहुँ, तरकारीजस्ता बालीको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ। गाउँपालिकाका अनुसार हरेक वडाबाट किसानको छनोट निष्पक्ष रूपमा गरिएको हो। लाभग्राही किसानहरूलाई सिँचाइको पहुँच नपुगेका क्षेत्रलाई प्राथमिकता दिइएको  यादवले जानकारी दिनुभयो।

लाभग्राही किसानहरुले भने, “पहिले सिँचाइको अभावले हाम्रा खेत बाँझा रहन्थे। अहिले पालिकाले दिएको मोटरले वर्षभर खेती गर्न सक्ने भएका छौं। यसले आम्दानी र जीवनस्तर दुबै सुधार गर्नेछ।” गाउँपालिकाले आगामी वर्षहरूमा पनि कृषि यान्त्रीकरण, सिँचाइ विस्तार र आधुनिक प्रविधिको प्रयोगमा बल पुर्‍याउने जनाएको छ। अध्यक्ष यादवले गाउँपालिकाको नीति किसानमुखी रहेको र हरेक वर्ष नयाँ योजनासहित कृषि अनुदान कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता जनाउनुभयो।

यसरी भगवानपुर गाउँपालिकाले ४५ जना किसानलाई निःशुल्क समर्सियल बोरिङ मोटर वितरण गरेसँगै गाउँको कृषि क्षेत्रमा आत्मनिर्भरता र उत्पादन क्षमतामा उल्लेख्य सुधार आउने विश्वास गरिएको छ। स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिए किसानहरूमा कृषि व्यवसायप्रति आकर्षण र विश्वास दुवै बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लक्ष्मीपुर प ...

रहमुल लहान, ७ जेठ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत रामपुरस्थित दुर्गा महादेव मन्दिर अग ...

सीमित स्रोतसाधनबीच उ ...

लहान, जेष्ठ ७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा न. १७ स्थित रहेको श्री मा.वि. गोविन्दपुर झिरहरीका ...

प्रहरी चौकी कि असुली ...

रंजित चौरसिया वीरगंज ७ जेठ । वीरगंज स्थित प्रहरी चौकी सिर्सियामा कार्यरत घुमुवा प्रहरी सहायक हवल्दार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१