Siraha Times
ताजा समाचार

बाखैर टोलको पोखरी अलपत्र, छठ पूजाअघि सरसफाइ नगरेको आरोप

  • असोज १०, २०८२
  • १०२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान १० असोज । धनगढीमाई नगरपालिका वडा न. १ बाखैर टोलमा रहेको एक मात्र पोखरी वर्षौंदेखि अलपत्र अवस्थामा रहँदा यसपालीको छठ पर्व पनि विवादमै पर्ने संकेत देखिएको छ । करिब १५० घरधुरी रहेको यस बस्तीको प्रमुख आस्थाकै केन्द्र मानिने उक्त पोखरीमा वर्षौंदेखि सरसफाइ नगरेको कारण जल कुम्हीले नै पोखरी पुरिएको र छठ पर्व मनाउन समेत समस्या भएको भन्दै स्थानीयवासीले धनगढ़ीमाई नगरपालिकालाई दोषारोपण गरेका छन्।

बाखैर टोलको उक्त पोखरीमा समुदाय भरीका गाई–भैसी लगायत घरपालुवा जनावरलाई पानी खुवाउने तथा नुहाउने प्रमुख स्थान मात्र नभई धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ । तर, लामो समयदेखि बेवास्तामा परेकाले पोखरीमा छठ पूजाजस्ता महान पर्वसमेत प्रभावित भएको स्थानीयवासीको गुनासो छ । उता वडा नं. १ का अध्यक्ष सूर्य नारायण यादवले आफूले अबको आउने बजेटमा पालिका स्तरबाट जसरी पनी २० लाख बजेट ल्याएर यस पोखरीको सरसफाई तथा सौन्द्रियकरण गर्ने बताए । साथै यो पोखरीको क्षेत्रफल १ बीघा १० धुर रहेको पोखरी २ ओटा वडामा पर्ने भएकोले अलिकती कठिनाई भएको र सरसफाइ गर्न खोज्दा वडा नं. ३ का केही स्थानीयले आरोप–प्रत्यारोप गरेको दाबी गर्दै त्यही विवादकै कारण पोखरी अझै अलपत्र परेको बताए ।

अध्यक्षले यसपाली छठ पर्वमा चाहे पालिकाबाट सहयोग आओस या आओस, यदि पालिकाबाट सहयोग नआए पनी हामी सामाजिक स्तरबाटै श्रमदान गरी पोखरी सफा गरी छठ पूजा सम्पन्न गर्ने प्रतिबद्धता जनाए। उता सामाजिक अगुवा श्याम साहसहित स्थानीय युवाहरूले सरसफाइ र व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै छठ पर्व त्यही पोखरीमै सम्पन्न गर्ने अठोट सार्वजनिक गरेका छन् । अगुवाका अनुसार पालिका र वडा कार्यालयबीचको समन्वय अभावकै कारण पोखरी सरसफाइ हुन नसकेको हो, जसको मार वर्षौंदेखि बस्तीले खेपिरहेको छ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१