Siraha Times
ताजा समाचार

नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको बोदे बर्साईनमा उद्घाटन तथा हस्तान्तरण

  • असोज ८, २०८२
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन , सप्तरी : ८ असोज : उमेश कुमार साह बोदे बर्साईन : सप्तरीको बोदे बर्साईन नगरपालिकामा आधुनिक सुबिधा सहित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बुधबार एक कार्यक्रमबीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ। नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (आरईईडी परियोजना) आर्थिक करिडोर कार्यालय बर्दिवास, महोत्तरी मार्फत सो भवन निर्माण भएको हो।

received_1781289422758394 पालिकास्तरको कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले गरेका हुन्। सो भवनलाई आर्थिक करिडोर कार्यालय बर्दिवास महोत्तरीका कार्यालय प्रमुख राजेश साहले प्रमुख अतिथि एवम् नगरपालिकाका प्रमुख सिंहलाई हस्तान्तरण गरेका थिए।

उक्त नवनिर्मित भवन २ करोड ७५ लाख ८७ हजार ३६ रुपैयाँ २१ पैसाको लागतमा बनेको हरिनारायण साहले जानकारी दिएका छन्। कार्यक्रम राजेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उप-प्रमुख रेणु कुमारी साह , वडा अध्यक्षहरू राज कुमार यादव , शिव नारायण यादव , किरण साह , रबिन्द्र कुमार साह , बैजनाथ चौधरी , सुनित कुमार यादव , मो मोजिबुर रहमान , स्थानीय कर्मचारी, समाजसेवी तथा स्थानीयवासी लगायतहरूको उपस्थिति रहेको थियो।

बोदे बर्साईन नगरपालिकाका पशु शाखा प्रमुख गिरिन्द्र यादवले पहिले साँघुरो र चुहिने भवनमा बस्दा सेवा दिन असहज हुने गरेको तर अब सुविधा सम्पन्न भवन पाएपछि किसानलाई सहज हुने बताए । उनले माटो परीक्षण, बीउ उपचार, बाली उपचार लगायतका सेवा यही भवनबाटै उपलब्ध हुने बताए ।

यसैबीच, बोदे बर्साईन नगरपालिका - ६ का वडा अध्यक्ष राजकुमार यादवले, नयाँ भवन बनेपछि किसानले सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता हटेको बताए । उनले भने, पहिले परीक्षणका लागि बाहिर जानुपर्थ्यो, समय र पैसा दुवै खर्चिनुपर्थ्यो । अब नगरपालिकामा सुविधा पाइने भएपछि हामीलाई र स्थानीय कृषक्लाई ठूलो राहत भएको छ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१