ताजा समाचार

लहानमा ४ सय दलित तथा विपन्न घरपरिवारमा निःशुल्क धारा जडान सुरु

  • असोज ५, २०८२
  • ८४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असोज ५ । सिरहाको लहान नगरपालिकामा दलित र विपन्न परिवारलाई लक्षित गर्दै निःशुल्क धारा जडान अभियान सुरु गरिएको छ । पहिलो चरणमा ५५ घरमा धारा जडान भइसकेको र दोस्रो चरणको काम सुरु भइसकेको नगरप्रमुख महेश प्रसाद चौधरीले जानकारी दिए ।

उनका अनुसार, करिब ४ सय घरपरिवारलाई निःशुल्क धारा जडान गरिनेछ । जसअन्तर्गत २४० जना दलित र १६० जना विपन्न परिवारका घरमा धारा पुग्नेछ । धारा जडानमा लाग्ने खर्च विभिन्न निकायले व्यहोर्ने व्यवस्था गरिएको छ । सो अन्तर्गत, ३७२० रुपैयाँ नगरपालिकाले, ३२२० रुपैयाँ द विकन परियोजनाले (पाइप फिटिङ्ससहित) र ३१७० रुपैयाँ वडा कार्यालयले तिरिरहेका छन् ।

वडाले नतिरेको खण्डमा मात्रै उपभोक्ताले ३१७० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । अहिलेसम्म सबै वडाले उक्त रकम व्यहोरेका छन् भने वडा नम्बर १७ ले भने १५०० रुपैयाँ मात्रै तिरिरहेको छ । प्रमुख चौधरीका अनुसार, हालसम्म वडानम्बर १, ७, १०, १७ र २४ मा निःशुल्क धारा जडान भईरहेको छ ।

गतवर्ष पनि नगरपालिकाले ३ सय दलित परिवारलाई धारा जडान गराएको थियो । यो परियोजना वाटर एडको सहयोगमा दलित जनकल्याण युवा क्लब, लहान नगरपालिका र खानेपानी संस्थानको सहकार्यमा ‘द विकन परियोजना’ अन्तर्गत सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤