Siraha Times
ताजा समाचार

बलान नदीमा डुबेर बालकको मृत्यु, पीडित परिवारलाई युवा नेता राजकुमार गुप्ताको भेट

  • साउन २९, २०८२
  • १२९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षीय घनश्याम यादवको बलान नदीमा डुबेर मृत्यु भएको घटनाले स्थानीयबासी स्तब्ध बनेका छन्। साउन २६ गते बोलबम यात्रामा ट्याक्टरमार्फत जल भर्न जाँदै गर्दा नदीमा डुबेका घनश्यामको शव साउन २७ गते मात्रै फेला परेको हो। घनश्याम, शिवकुमार यादवका एउटै छोरा थिए। अचानकको यो दुर्घटनाले परिवारलाई अकल्पनीय पीडा पारेको छ। घटनापछि स्थानीयस्तरमा शोकको वातावरण छाएको छ।

पीडित परिवारलाई भेट्न युवा जसपाका नेता तथा स्थानीय लोकप्रिय व्यक्तित्व माननीय राजकुमार गुप्ता (राजु) आफ्नो टिमसहित मृतकको घर पुगेका थिए। उनले परिवारको पीडामा सहानुभूति प्रकट गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। भेटमा युवा नेताहरू दिपेश यादव, नागेश्वर यादव, महेन्द्र यादव, यमुना प्रसाद यादव, देवेन्द्र यादव, रामकुमार यादव, यदुनन्दन यादव, योगेन्द्र झा, रामकुमार मण्डललगायतको उपस्थिति थियो।

स्थानीयका अनुसार साउन महिनाभर बोलबम यात्रामा सहभागी हुनेहरू कृषि ट्याक्टरमार्फत जल भर्ने र शिव मन्दिरमा चढाउने प्रचलन तीव्र बनेको छ। तर ट्याक्टर मानवीय यातायातका लागि सुरक्षित साधन नभएकाले दुर्घटनाको जोखिम बढेको छ। ट्याक्टरमा डिजे झुण्ड्याएर बालबालिकालाई ट्रलिमा राखेर यात्रा गराउने चलनले दुर्घटनाका घटना वर्षेनी दोहोरिने गरेको स्थानीयको भनाइ छ।

यसपटकको घटनाले फेरि एकपटक बोलबम यात्रामा देखिएको लापरबाही र व्यवस्थापनको कमजोरीलाई उजागर गरेको छ। स्थानीयले सम्बन्धित निकाय मौन बसिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् र यस्ता दुर्घटना रोक्न तत्काल ठोस कदम चाल्न माग गरेका छन्। पीडित परिवारले न्याय र सहयोगको अपेक्षा राखेका छन्।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१