बारागढी गापामा नेशनल मेडिकल कलेजद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

  • साउन २४, २०८२
  • ७५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा आज एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत वरिष्ठ फिजिसियन डा. सुधाकर झा , बालरोग विशेषज्ञ डा. रञ्जित कुमार चौरसिया र स्त्री रोग विशेषज्ञ डा. संतोश झा द्वारा स्वास्थ्य परीक्षण गरिएको थियो । सेवा लिने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो। कुल २६३ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो भने ५७ जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इसरत जहान अन्सारी , प्रमुख सूचना अधिकृत ई. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास , गुणस्तर तथा सञ्चालन प्रमुख ब्रज किशोर चौधरी , म्याट्रोन बिकास कुमार , र रक्त बैंक कार्यक्रम संयोजक बिनेश चौधरी उपस्थिति हुनु भएको थियो। त्यस्तै गाउँपालिकाको तर्फबाट नगर प्रमुख अशोक कुमार जयसवाल, स्वास्थ्य सचिव ओमप्रकाश चौधरी, प्रसुती केन्द्र प्रमुख तथा अन्य पदाधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको विशेष क्षणमा नगर प्रमुख अशोक कुमार जयसवालज्यूले नेशनल मेडिकल कलेजकी अस्पताल निर्देशक डा. इसरात जहान अन्सारीलाई मायाको चिनो प्रदान गर्नुका साथै सहभागी सम्पूर्ण चिकित्सक, अधिकारी तथा कर्मचारीहरूलाई सम्मानपत्र वितरण गर्नुभएको थियो। यस प्रकारको संयुक्त प्रयासले समुदायस्तरमा स्वास्थ्य सेवा पहुँच वृद्धि गर्न ठूलो टेवा पुगेको आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

बोदे बर्साईन नगरस्तर ...

बोदे बर्साईन , सप्तरी : २८ पौष : उमेश कुमार साह बोदे बर्साईन : स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लाग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१