Siraha Times
ताजा समाचार

नवराजपुरमा रोजगार सेवा केन्द्रको आयोजनामा रोजगार रणनिति तर्जुमा/अध्यावधिक/ कर्यान्वयन कार्यक्रम सम्पन्न

  • असार ३, २०८२
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३ असार। सिरहाको नवराजपुर गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा रोजगार रणनिति तर्जुमा/अध्यावधिक/ कर्यान्वयन ३ दिने कार्यक्रम आज सम्पन्न भएको छ। गा.पा. अध्यक्ष शिवउदगार यादवको अध्यक्षतामा गा.पा. सभाहलमा जेठ ३१ गते देखि शुरु भएको कार्यक्रममा सबै जनप्रतिनिधिहरुलाई समाबेस गराइएको थियो।

उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा काठमाडौं बाट संकल्प पाराजुलीलाई समाबेस गराइएको थियो। प्रशिक्षक पराजुलीने कार्यक्रम सम्बन्धी सबिस्तार बताउदै रोजगार रणनीति तर्जुमा/अद्यावधिक/कार्यान्वयन कार्यक्रम नेपाल सरकारको रोजगार सेवा केन्द्र मार्फत संचालनमा आएको एक महत्वाकांक्षी कार्यक्रम हो, जसको मुख्य उद्देश्य स्थानीय स्तरमा रोजगारी सिर्जना, सीप विकास, र स्वरोजगार प्रवर्द्धन गर्नु हो। यो कार्यक्रम मुख्यत: स्थानीय तहहरूसँग सहकार्य गर्दै, समन्वय, साक्षात्कार, र नीति निर्माण को प्रक्रियालाई सबल बनाउने लक्ष्य लिन्छ जनाएका थिए।

पराजुलीले कार्यक्रमका प्रमुख उद्देश्यहरू स्थानीय रोजगारी नीति निर्माण (रणनीति तर्जुमा),प्रत्येक स्थानीय तहले आफ्नै विशिष्ट आवश्यकता अनुसार रोजगारी रणनीति तयार गर्ने। त्यसमा प्राथमिक क्षेत्र (जस्तै कृषि, निर्माण, पर्यटन, सेवा आदि) पहिचान गरिन्छ बताएका थिए। कार्यक्रमका सहभागीहरुको जिज्ञासामा पराजुलीले यस कार्यक्रमको उद्देश्य स्थानीय तहमा रोजगार सेवा केन्द्रहरूलाई सशक्त बनाउने र बेरोजगारीको समस्या समाधान गर्ने रहेको छ। यसका प्रमुख उद्देश्यहरूमा समावेशी रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, सीप विकास तालिम, स्वरोजगारका अवसरहरू, र वैदेशिक रोजगारका लागि सहजीकरण समावेश छन् समेत बताएका थिए।

कार्यक्रमको अन्तमा रोजगार शाखा प्रमुख ललन यादवले यस पालिकामा रोजगार शाखा स्थापना देखि हाल सम्म लगभग १५० जनालाई विभिन्न सिपमुलक तालिम दिएर अधिकान्श यसै पालिकाका युवायुवतीलाई रोजगारीमा समावेस गराइ सकेको छ भने अझै युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्य सहित शिवउदगार यादव नेतृत्वको स्थानीय सरकार अगाडी बढिरहेको बताएका थिए।

कार्यक्रमलाई समापन गर्दै गा.पा.अध्यक्ष यादवले हाल सम्म यस रोजगार शाखा द्वारा संचालित जति पनि कार्यक्रमहरु भयो त्यसको प्रतिफल अहिले थोरै युवाहरू रोजगारीमा संगलग्न भएको देखिएको छ तर निकट भविषमा यस शाखाको मेहनत र लगानीको हिसावले केही दिनमै धेरै रोजगारी सृजना हुने प्रवल सम्भावना देख्न थालेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

हावाहुरीपीडित मुसहर ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायक ...

उज्ज्वल भविष्य परियो ...

ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१