आ.बि.सखुवामा अभिभावक शिक्षा तथा विद्यालय व्यवस्थापन समितिको क्षमता विकास कार्यक्रम समपन्न

  • असार २, २०८२
  • ५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल सखुवानन्कारकट्टी २ असार । "कला संस्कृति हाम्रो स्वाभिमान । समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान मुल नाराका साथ अभिभावक शिक्षा तथा विद्यालय व्यवस्थापन समितिको क्षमता विकास कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अधारभुत बिधालय सखुवानान्कारकट्टी ४ सखुवामा सम्पन्न भएको छ। कार्यक्रममा बिद्यार्थीका अभिभावकहरु, बिधालयका शिक्षक शिक्षिका, समुदायका अगुवाहरुलाई सहभागी गराइ संचालन भएको थियो भने यस बिधालयमा हरेक बर्ष शिक्षा शाखाले यस्तै कार्यक्रम संचालन गर्दै आइरहेको प्र.अ. गौरीनारायण यादवले जनाएका छन।

आजको कार्यक्रमको प्रशिक्षकको रुपमा यसै बिधालयका प्र.अ. गौरीनरायण यादवले अभिभावक शिक्षा र विद्यालय व्यवस्थापन समितिको (SMC) क्षमता विकास कार्यक्रम प्रायः विद्यालयको गुणस्तर सुधार र शैक्षिक वातावरणको समग्र सुधारमा ध्यान दिन्छ। यस प्रकारको कार्यक्रमले विद्यालयमा अभिभावक र समुदायको भूमिका बलियो बनाउनका लागि विभिन्न पहलहरूको समावेश गर्दछ। यस कार्यक्रमको उद्देश्य विद्यालयको व्यवस्थापन, शिक्षकहरूको क्षमता विकास, र अभिभावकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु हो बताएका थिए।

प्र.अ.यादवले अभिभावक शिक्षा र विद्यालय व्यवस्थापन समितिको क्षमता विकासका प्रमुख उद्देश्यहरूको बारेमा अभिभावकहरूको जागरूकता र सहभागिता अभिभावकलाई शिक्षा प्रणाली, विद्यालयका गतिविधिहरू, र शैक्षिक गुणस्तर सुधारका उपायहरूबारे सचेत बनाउनु। अभिभावकलाई विद्यालयका निर्णय प्रक्रियामा समावेश गर्नु र तिनीहरूको भूमिका प्रबर्धन गर्नु हो बताएका थिए। प्रशिक्षणको क्रममा प्र.अ.यादवले विद्यालय व्यवस्थापन समितिको (SMC) क्षमता विकास,समितिका सदस्यहरूलाई विद्यालयको प्रशासनिक, शैक्षिक, र वित्तीय व्यवस्थापनका कार्यहरूमा दक्ष बनाउन।विद्यालयका नीति र योजनामा अभिभावक र समुदायको सहभागिता बढाउनु बिषयमा स-बिस्तार बताएका थिए।

प्र.अ. यादव यस्ता कार्यक्रमहरुले शिक्षकहरूको क्षमता विकास, शिक्षकहरूको पेशागत विकासका लागि विभिन्न तालिम र कार्यशालाहरूको आयोजना गर्नु,अभिभावक र शिक्षकहरू बीचको सहकार्यलाई बढावा दिनका लागि संवादका अवसरहरू सिर्जना भएको बताएका थिए। यस्ता कार्यक्रमको माध्यमले समुदायको संलग्नता,विद्यालय र समुदाय बीचको सहकार्यलाई प्रवर्द्धन,विद्यालयको विकास र सुधारका लागि समुदायबाट स्रोत र समर्थन व्यापक रुपमा प्राप्त भएको बताउदै प्र.अ. यादवले क्षमता विकास कार्यक्रमका प्रमुख गतिविधिहरू, तालिम र कार्यशाला विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको लागि प्रबंधन, वित्तीय योजना र शैक्षिक सुधारका लागी तालिम आयोजना गरिन्छ समेत बताएका थिए।

अभिभावक शिक्षा तथा विद्यालय व्यवस्थापन समितिको क्षमता विकास कार्यक्रम किन आवश्यक छ सहभागीहरु जिज्ञासामा प्र.अ.यादवलेअभिभावकका लागि अभिभावक शिक्षा र बालबालिकाको समग्र विकासका बारेमा कार्यशाला। साझा बैठकहरू र समन्वय,विद्यालय, अभिभावक र समुदायबीच नियमित बैठकहरू आयोजना गरेर समन्वय र संवाद बढाइन्छ। विद्यालयको गतिविधि र योजनामा अभिभावकको प्रत्यक्ष योगदान सुनिश्चित गर्न।अनुसन्धान र मूल्यांकन,विद्यालयको कार्यप्रणाली र परिणामको मूल्यांकन गरेर सुधारका उपायहरू पहिचान गरिन्छ जवाफ फर्काएका थिए।

सहभागीहरुको अझ जिज्ञासा मेटाउन प्र.अ. यादवले संसाधन र समर्थनको व्याख्या गर्दै अभिभावक र विद्यालयको लागि आवश्यक शैक्षिक सामग्री, पुस्तिका, र अन्य स्रोतहरूको उपलब्धता भैरहेको छ भने विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको क्षमता बढाउनका लागि बाह्य विशेषज्ञहरूको सहयोग समेत प्राप्त भैरहेको बताएका थिए। कार्यक्रमको अन्तमा प्र.अ. यादवले कार्यक्रमका लाभहरूको बारेमा विद्यालयको कार्यक्षमता र शिक्षा प्रणालीमा सुधार। अभिभावक र समुदायको शिक्षा प्रणालीमा सक्रिय र सकारात्मक भूमिका। विद्यालयको प्रबंधनमा पारदर्शिता र उत्तरदायित्वको सुनिश्चितता।शैक्षिक वातावरणको समग्र सुधार सहज तरिका हुने भएकोले हरेक बर्ष शिक्षा शाखाको आयोजनामा स्थानीय सरकारले यो कार्यक्रम संचालनमा ल्याएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

लहानमा अन्तरविद्यालय ...

लहान, २ असार । स्थानीय स्तरमा नयाँ प्रतिभाहरूको खोजी र सम्मान गर्ने उद्देश्यले सिरहाको लहानमा &ldquo ...

कतारमा सामाजिक कार्य ...

रामएकवाल राम दोहा :- समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा ...

सखुवानन्कारकट्टीमा ज ...

रहमुल लहान, असार १ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पालिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१