लायन्स क्लब अफ लहान फुलबारीद्वारा दृष्टिविहीन बालबालिकालाई झुल, स्टेशनरी तथा खाद्य सामग्री वितरण

  • जेठ ३०, २०८२
  • ६४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३० जेठ । लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई लक्षित गर्दै लायन्स क्लब अफ लहान फुलबारीले सामाजिक उत्तरदायित्व अन्तर्गत झुल (मच्छरदानी), स्टेशनरी तथा खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

क्लबका द्वितीय उपाध्यक्ष (इलेक्ट) तथा मारवाडी सेवा समितिका पूर्वअध्यक्ष लायन मनिष सारडाको जन्मोत्सवको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रम क्लबका अध्यक्ष लायन शंकर प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानका अध्यक्ष बिकास सारडा प्रमुख अतिथि रहनु भएको थियो। नेपाल दृष्टिविहीन कल्याण संघ, सिरहाका अध्यक्ष महेश कुमार महतो, पशुपति आदर्श मा.वि.का प्रधानाध्यापक डा. महेन्द्र प्रसाद चौधरी, क्लबका चार्टर प्रेसिडेन्ट लायन राकेश झा, लहान गोठ मा.वि.का प्रधानाध्यापक अरुण गिरी विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।

त्यस्तै अपांग पुनःस्थापना केन्द्र लहानका अध्यक्ष संजय अग्रवाल, फुलबारी क्लिनिक तथा डायग्नोष्टिक सेन्टरका सञ्चालक डा. लायन रितेश गिरी, किड्स मन्टेश्वरी लहानकी सञ्चालिका प्रीति चौधरी, पंचांग आयुर्वेद उपचार केन्द्र लहान–३ का सञ्चालक डा. मिथिलेश सिंह, गोल्डेन फ्युचर एजुकेशनल एकेडेमी लहान–२ का संस्थापक तथा क्लबका सहसचिव लायन उपेन्द्र प्रसाद यादव, गायत्री चेतना केन्द्र लहानका अनिल पूर्वे, क्लबका कोषाध्यक्ष लायन शिवदयाल महतो, तथा विद्यालयका शिक्षक रामउदगार यादवलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन क्लबका डाइरेक्टर तथा एल.आर.एल ल्याब, अस्पताल चोक लहानका सञ्चालक विजय कुमार यादवले गर्नुभएको थियो। कार्यक्रममा क्लबको विविध सामाजिक क्रियाकलापमा सहयोग पुर्‍याएको भन्दै प्रमुख अतिथि बिकास सारडा र जन्मोत्सवका अवसरमा सेवा भाव प्रस्तुत गरेका लायन मनिष सारडालाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो। क्लबले विगतमा पनि समाजिक सेवामा उल्लेखनीय कार्य गर्दै आएको छ। विशेषगरी अध्यक्ष लायन शंकर प्रसाद गुप्ताको नेतृत्वमा क्लबले ‘जिरो ब्यालेन्स’बाट सुरु गरेर उल्लेखनीय उदाहरणीय कार्यहरु गर्दै आएको छ।

May be an image of 8 people and text

क्लबले विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा अनाथ बालबालिकाहरुलाई विद्यालय पोशाक, झोला, कापी, कलम, पेन्सिल लगायत शैक्षिक सामग्री वितरण, गाउँ–टोलमा पुगेर निःशुल्क स्वास्थ्य शिविर, मेला तथा धार्मिक स्थलहरूमा निःशुल्क पानी वितरण, जाडोको समयमा अति विपन्न परिवारलाई न्यानो कपडा वितरणजस्ता कार्य गर्दै आएको छ। स्थानीय तहसँग सहकार्य गर्दै अघि बढिरहेको लायन्स क्लब अफ लहान फुलबारीले समाजमा सकारात्मक सन्देश दिने किसिमका सामाजिक सेवाका कार्यमार्फत संस्थाको पहिचान अझ बलियो बनाउँदै लगेको स्थानीय बुद्धिजीवीहरूले बताएका छन्।

May be an image of 6 people and text

 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज प् ...

वीरगंज ११ मंसिर । वीरगञ्जमा रहेकोे नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट ...

बलान विहुलमा पूर्व अ ...

रहमुल लहान मंसिर ११ । बलान विहुल गाउँपालिका १ मलहनियामा समुदाय विकासका अग्रणी, तत्कालीन गाउँ विकास स ...

लैङ्गिक हिंसा विरूद् ...

अजय मिश्र, कृष्णनगर, मंसिर १० । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१