Siraha Times
ताजा समाचार

शिक्षक नियुक्ति प्रक्रिया पारदर्शी र निष्पक्ष रहेको प्र.अ. मुरारी शर्माको दावी

  • जेठ १६, २०८२
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १६ जेठ । सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षामा रहेको श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालयले हालै सम्पन्न शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा कानुनी, पारदर्शी र निष्पक्ष रहेको प्र.अ. मुरारी शर्माले पत्रकार सम्मेलन गरि स्पष्ट पारेको छ।

विद्यालयमा विगत लामो समय देखि शिक्षक अभावका कारण शैक्षिक गुणस्तरमा समस्या देखिँदै आएको र करिब ११०० विद्यार्थीको भविष्य सुनिश्चित गर्न नियुक्ति अत्यावश्यक रहेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयमा १६ शिक्षक दरबन्दी रिक्तमध्ये केही मरुवा र स्थायी नियुक्तिबाट भरिएको भए पनि प्राविधिक धार अन्तर्गतको सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा समस्या आउन थालेपछि १२ शिक्षक पदका लागि प्रक्रिया अघि बढाइएको थियो। शिक्षा विकास तथा समन्वय इकाइको निर्देशनमा कार्यालय प्रतिनिधि र विज्ञहरूको सहभागितामा लिखित परीक्षा, अन्तरवार्ता र मूल्याङ्कन सहितको नियुक्ति प्रक्रिया अपनाइएको हो प्र.अ. शर्माले पत्रकार सम्मेलन मार्फत आफ्ना भनाइ सार्बजनिक गरेका छन भने उक्त शिक्षक नियुक्ति प्रकरणमा समाजिक संजाल फेसबुक मार्फत रकम लेनदेनको अडियो पनि सार्बजनिक भएका छन।

विद्यालयका प्रधानाध्यापक मुरारी शर्माका अनुसार सम्पूर्ण प्रक्रिया वैधानिक समितिको निगरानीमा निष्पक्षरूपमा सम्पन्न भएको हो र हाल नियुक्त शिक्षकहरू विद्यालयमा कार्यरत भई पठनपाठनमा सक्रिय छन्। यद्यपि, केही दिनयता सामाजिक सञ्जालमा नियुक्तिलाई लिएर गलत र निराधार आरोपहरू लागिरहेको भन्दै विद्यालय प्रशासनले त्यसप्रति आपत्ति जनाएको छ। प्रधानाध्यापक शर्माले सामाजिक सञ्जालको दुरुपयोग नगर्न र शिक्षा सुधारका लागि विद्यालयको प्रयासलाई साथ दिन सबै अभिभावक र शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१