सुरुङ्गा नगरपालिका-५ मा बालमैत्री स्थानीय शासन वडा घोषणा

  • चैत २६, २०८१
  • ५९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २६ चैत । सुरुङ्गा नगरपालिका -५ लाई “बालमैत्री स्थानीय शासन वडा” घोषणा गरिएको छ। "बालमैत्री स्थानीय शासन पद्धति समृद्ध सुरुङ्गाको आधार" नारासहित कुशहामा आयोजित औपचारिक समारोहमा यो घोषणा गरिएको हो। बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, पोषण, सहभागिता, संरक्षण, मनोरञ्जन तथा समग्र विकासलाई सुनिश्चित गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको हो । बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम बालमैत्री स्थानीय शासन समिति द्वारा आयोजना गरिएको थियो। सुरुङ्गा नगरपालिका र वडा नं. ५ कार्यालयको विशेष सहयोगमा सम्पन्न कार्यक्रममा सेभ द चिल्ड्रेन, सबल नेपालको समुन्नति परियोजना  संस्थाहरूको महत्वपूर्ण सहकार्य तथा समन्वय रहेको थियो।

कार्यक्रमका क्रममा वडा नं. ५ का वडा सचिब मिरा कुमारी   चौधरीले बालमैत्री स्थानीय शासन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँले वडामा लागू गरिएका बालमैत्री नीतिहरू, विशेष कार्यक्रमहरू, विद्यालय सुधार अभियान, स्वास्थ्य तथा पोषण प्रवर्द्धनका विषयमा विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार, बालश्रम, बालविवाह र बालहिंसा न्यूनीकरणका लागि विभिन्न सचेतना अभियानहरू सञ्चालन गरिएका थिए ।

कार्यक्रमको सञ्चालन मुना समाल र बिशेन्द्र पासवानले गरेका  थिए ।

वडा नं. ५ का वडा अध्यक्ष तथा बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष दिलाराम चौधरीले  अध्यक्षतामा गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि सुरुङ्गा नगरपालिका नगर प्रमुख गीता चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथिमा उप–प्रमुख रुद्र बहादुर कार्की सहित नगरका अन्य वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

घोषणा कार्यक्रममा वडा नं. ४ का एवं सामाजिक विकास समितिका संयोजक देवेन्द्र चौधरी, वडा नं. ७ का शिवनारायण चौधरी, वडा नं. ८ का श्यामप्रसाद साह, वडा नं. ११ का रामकुमार चौधरी, नगर प्रवक्ता शिवदर्शन पासवान, लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैगरी वडा नं. ५ का वडा सदस्यहरू भुवनेश्वर चौधरी, मन्जु कुमारी चौधरी, सुमिन्त्रा देवी पासमान, मुन्नी देवी ठाकुर, नगर स्वयंसेविका समूह अध्यक्ष देवकी वती चौधरी तथा विभिन्न शाखाका शाखा प्रमुखहरू—महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी रिंकु कुमारी यादव, स्वास्थ्य शाखाका इन्चार्ज जस्ता व्यक्तिहरू सहभागी थिए।

 सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना संयोजक मकर बहादुर सार्की, सबल नेपालका फिल्ड संयोजक आशिष चौधरी , विद्यालय व्यवस्थापन समिति अध्यक्ष जागेश्वर चौधरी (मसिलाल जनता मावि), सुर्य नारायण चौधरी  (श्री रा.आ.वि. बनिगामा), प्र अ महेन्द्र प्रसाद चौधरी , मदरसा प्रअ तथा अन्य विद्यालय प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

इलाका प्रहरी कार्यालय कडरबोना र सशस्त्र  प्रहरी वेश क्याम्प कुशहाका प्रतिनिधिहरू, नगर युवा सञ्जालका अध्यक्ष कुन्दन कुमार पासवान, नगर बाल क्लब सञ्जाल अध्यक्ष देव  कुमार साह, वडा बाल क्लब सञ्जाल अध्यक्ष चाँदनी कुमारी चौधरी लगायत बालबालिकाका प्रतिनिधिहरूको उपस्थिति कार्यक्रमको विशेष आकर्षण रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्ने अधिकांश वक्ताहरूले बालमैत्री स्थानीय शासनको अभ्यासलाई व्यवहारिक बनाउँदै स्थानीय तहमा बालबालिकाका हितमा नीति, योजना, कार्यक्रम तथा बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। प्रमुख अतिथि नगरप्रमुख गीता चौधरीले भनिन्, "बालमैत्री वडा घोषणासँगै बालबालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा र अभिव्यक्तिको हक सुनिश्चित गर्न नगरपालिकाले अझ प्रभावकारी कदम चाल्नेछ।"नेपाल सरकारले २०८७ सालभित्र देशलाई पूर्ण रूपमा बालमैत्री स्थानीय शासन युक्त राष्ट्र बनाउने लक्ष्य लिएको छ। अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धीको पक्षराष्ट्रका रूपमा नेपालले आफ्ना सबै तहमा बाल अधिकार सुनिश्चित गर्नुपर्ने दायित्व बहन गर्दै आएको सन्दर्भमा यो घोषणा महत्वपूर्ण उपलब्धि मानिएको छ।

सुरुङ्गा नगरपालिकाले यसै संगै  छैठो  वटा वडालाई बालमैत्री वडा घोषणा गरिसकेको छ। बालमैत्री वडा घोषणा अभियानलाई नगरबासी, अभिभावक, शिक्षक, समाजसेवी, बाल क्लब तथा सरोकारवालाको सहकार्यमा अगाडि बढाइरहेको बताइएको छ। समापन मन्तव्य राख्दै वडा अध्यक्ष दिलाराम चौधरीले सबै सहभागीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बालबालिकामैत्री योजना र संरचना निर्माणमा वडा कार्यालय प्रतिबद्ध रहने बताएका थिए।

प्रतिक्रिया दिनुहोस

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१