सिरहामा लागुऔषधसहित ८ जना पक्राउ, मोटरसाइकल र यात्रुबाहक बस प्रयोग गरी ओसारपसार गर्ने गिरोह फेला

  • चैत २५, २०८१
  • ९०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत २५। सिरहा जिल्लामा लागुऔषध कारोबारमा संलग्न एक सक्रिय गिरोहविरुद्ध विशेष प्रहरी टोलीले हालैका दिनमा सञ्चालन गरेको सघन चेकजाँच तथा निगरानी अपरेशन अन्तर्गत ८ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरुको साथबाट खैरो हिरोइन (ब्राउन सुगर), डिजिटल तराजु तथा मोटरसाइकलहरूसमेत बरामद गरिएको छ।  प्रहरी चौकी खिरौना र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त विशेष प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानहरूमा कारवाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। गोप्य सूचनाको आधारमा गरिएको चेकजाँचको क्रममा लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरू मोटरसाइकल, बसजस्ता सवारी साधन प्रयोग गर्दै गरेको पाइएको प्रहरीले जनाएको छ।

मिति २०८१ साल चैत्र २२ गते साँझ करिब ५ बजे भारतको जयनगरबाट सिरहातर्फ आउँदै गरेको बा.प्र.०२–०३२ प ५१३१ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गर्दा, प्लाष्टिकमा पोको पारिएको अवस्थामा २.५० ग्राम खैरो हिरोइन फेला परेको थियो। मोटरसाइकल चालक २४ वर्षीय प्रबिन बुढाथोकी (सिन्धुली, दुधौली–१०) र पछाडि सवार २२ वर्षीय श्रवण कुमाल लाई पक्राउ गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मिति २०८१।१२।२३ मा साँझ ५:३० बजे म.प्र.०१–००५ प २०३१ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गर्दा, ०.९२ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। यस घटनामा संलग्न व्यक्ति १९ वर्षीय सुशान्त पंजियार (मिर्चैया–८, सिरहा) र २० वर्षीय विजय महतो रहेका छन्।त्यसै दिन साँझ ५:४५ बजे माडर–लहान चल्ने यात्रुबाहक बसमा यात्रा गरिरहेका यात्रु २१ वर्षीय सुनिल बहादुर तामाङ (काठमाडौं–११) को साथबाट प्लास्टिकमा प्याक गरिएको २३.९५ ग्राम खैरो हिरोइन बरामद गरिएको हो। प्रहरीका अनुसार, उनले लागुऔषध अन्यत्र लैजाँदै गरेका थिए।

मिति २०८१।१२।२३ राति १०:३० बजे लहान नगरपालिका वडा नं. ३ स्थित अस्पताल चोकमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। घटनास्थलबाट पक्राउ परेकाहरू: २१ वर्षीय पबन साह (धनगढीमाई–९) को साथबाट डिजिटल तराजु १ थान २१ वर्षीय लालबाबु राय (धनगढीमाई–८) को साथबाट ३३ ग्राम ब्राउन सुगर २३ वर्षीय अंकेश महतो (धनगढीमाई–८) को साथबाट ०.१५ मिलिग्राम लागुऔषध उनीहरूलाई आवश्यक अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद लिइएको छ।

पक्राउ परेका सबै आरोपीहरूमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय, सिरहाबाट थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले सीमा क्षेत्रबाट लागुऔषध ओसारपसार तथा कारोबार रोक्न विशेष निगरानी बढाइएको बताएको छ। "समुदायको सुरक्षालाई मध्यनजर गर्दै हाम्रो अभियान जारी रहनेछ,प्रहरी प्रवक्ता विरेन्द्र पासवानले जनाए ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सखुवानन्कारकट्टी–४ म ...

रहमुल, लहान २८ पुस । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ मा राजनीतिक तरंग बढ्दै गएको छ। जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१