Siraha Times
ताजा समाचार

विद्यालय बाहिरका किशोरी र प्रभावित महिलाहरुलाई आत्मनिर्भरताका लागि सीपमुलक तालिम

  • चैत २५, २०८१
  • १२३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास, लाहान, २५ चैत।गोलबजार नगरपालिका को विभिन्न वडाका प्रभावित महिला तथा विद्याालय छोडेर घरमै बसेको वा विद्यालय जाने अवस्था न रहेको किशोरी हरुलाई बाल विवाहको जोखिम बाट बचाउन सीपमुलक तालिम दीई स्वरोजगार बनाउने उद्येश्यले मुक्तिनेपाल गोलबजारले आत्मनिर्भरताका लागि नौं दीने सीपमुलक तालिम सम्मपन्न गरेको छ ।

बालविवाह अन्त्यका लागि किशोरी शसक्तिकरण अभियान कार्यक्रम अन्तर्गत गोलबजार नगरपालिका को विभिन्न वडामा रहेको प्रभावित महिला र विद्यालय जान बाट बन्चित किशोरीहरु जो बालविवाहको अत्यन्त जोखिममा रहेको छ र विद्यालय जाने स्थितिमा पनि न रहेकोले उनीहरुका लागि सिप मुलक तालिमहरु संचालन गरी स्वरोजगार बनाउने काम गर्दै आएको छ । सीपमुलक तालिम अन्तर्गत उनीहरुको रुचीको सीपमै नयाँ आइडियाहरु समावेश गरी व्यवसायको रुपमा कसरी अगाडी लै जान सकिन्छ भन्ने सोच का साथ १७ जना सहभागिलाई ऊन बाट र आइसक्रिम स्टीक बाट बन्ने सामग्रीहरु जस्तै गुलदस्ता, फुल पत्तीहरु, उपहार का बुकेटहरु, गुलाबको फुल, घर सजाउने सामानहरु, कपालमा लगाउने रबर, चीमटी, फुलहरु बनाउन सिकाई उनीहरुलाई एक अर्काको ज्ञान सीपले नयां ज्ञानहरु उत्पादन गर्नका लागि एउटा आधार निर्माण गरी संचालिन तालिममा सहभागिहरु उत्साह पुर्वक सिक्ने सिकाउने काममा अग्रसर भएको थियो ।

गोलबजार ७ धर्मपुरकी सारथी सदा भन्नु हुन्छ हामीले ऊन बाट घर को पर्दा, लैस हरु, डलिया, ढाकीको झपनाहरु बुन्ने गर्थे तर यही ऊन बाट यस्ता कीसिमका सामान बनाई यसको व्यवसाय पनि गर्न सकिन्छ भन्ने थाहै थिएन म यहाँ सिकेका सीपले एउटा व्यवसायी महिलाको रुपमा चीनाउन चाहन्छु र त्यसका लागि हामीलाई मुक्ति नेपाल बाट सहयोग हुन्छ भनी आशा पनि राखेकी छु ।
त्यस्तै गोलबजार ४ की मनिषा महरा जो घरको आर्थिक अवस्था कमजोर भएको र आमा पनि विभिन्न रोगले ग्रसित भएका कारण उनको देखरेखमा पढ्न पाएन र घर चलाउन भवन निर्माण कार्यमा लेबरको काम गरी सहयोग गर्दै आएकी थिइन् । उनी भन्छिन् म संग सीप थिएन अब म सीप सिकी सके अब त यही आइसक्रिम स्टीक र ऊनका सामान बनाउनुका साथै विभिन्न सीप को विकाश आफै पनि गर्न सक्छौं भनी सिकी सके । अब यसैलाई व्यवसायको रुपमा अगाडि बढाउने छु र तपाईहरुको साथ सहयोगको अपेक्षा गरेकी छु ।

मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महराले समापन गर्दै आगामी दीनमा हामी पनि तपाई हरु बाट यस्ता सामग्रि किन्न पाउ र तपाई हरु एउटा सफल व्यवसायी को रुपमा अगाडी बढ्नु हुनेछ भनी शेभकामना दीदै प्रमान पत्र वितरण गरी आगामी दीनमा तपाई हरुका लागि पक्कै केहि गर्ने छु भन्दै समापन गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१